उदयपुरमा पत्रकारिता तालिम सकियो

समाचार

एविसि खबर
उदयपुर, २० फागुन । प्रेस चौतारी नेपाल उदयपुरको गाइघाटमा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु गरेको छ । मंगलबारदेखि सुरु भएको उक्त पत्रकारिता तालिममा जिल्लाका ५० जना युवा पत्रकारले सहभागिता जनाइरहेको कुरा आयोजकले जनाएको छ ।

त्रियुगा नगरपालिका गाईघाटस्थित नगरपालिकाको हलमा सुरुभएको तालिममा वरिष्ठ पत्रकार कौशल चेमजोङ र प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष कुशलबाबु बस्नेतले दिइरहेका छन् ।

तालिम आयोजनाका लागि आर्थिक सहयोग सहरी विकास राज्यमन्त्री मञ्जु चौधरी तथा निर्वाचन क्षेत्र विकास सहयोग समिति र जिल्ला विकास समिति उदयपुरबाट प्राप्त भएको आयोजकले बताएका छन् ।

Facebook Comments

Leave a Reply