पासाङलाई ‘अल्लारे जोवनले गाल पारयो’

psanga lopchanएविसि खबर
काठमाडौं, १८ फागुन । तामाङ सेलोका चर्चित लोकगायक पासाङ लोप्चनले आफ्नो पुरानो गीत ‘अल्लारे जोवनले गाल पा¥यो’को म्युजिक भिडियो बजारमा आउने भएको छ । ‘अल्लारे जोवनले गाल पा¥यो’ बोलको गीतको म्युजिक भिडियोको प्रोमो उनले फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

रसुवा जिल्लाबाट सेलो गीत गाउँदै ‘ह्युला’ भाषाको गीतसमेत गाएका लोकगायक पासाङको यो गीतको म्युजिक भिडियोमा पासाङ आपैmँले मोडलको भूमिका निर्वाह गरेका छन् । नायिकामा निरु खड्का रहेकी छन् ।

रुपेश उप्रतीको निर्देशनमा रहेको उक्त म्युजिक भिडियो गीतलाई तामाङ समुदाय तथा अन्यमासमेत अत्यधिक रुचाइएको थियो । उनको म्युजिक भिडियो छायांकन श्याम रायमाझीले गरेका छन् भने सम्पादनको जिम्मा माधव खरेलको रहेको छ ।

उक्त म्युजिक भिडियोको उत्पादन श्री सुर शृंगार फिल्मस्ले गरेको हो । पासाङले आफ्नो यो म्युजिक भिडियो पहिलो भए पनि लोकपारखी तथा विशेष सेलोबिटका आमदर्शक तथा श्रोतालाई भरपुर मनोरन्जन दिने किसिमको भएको बताएका छन् ।

उनले भने, ‘हाम्रो ठेट भाकालाई जस्ताको तस्तै उतार्ने कोसिस गरेको छु । एकपटक हेरेर प्रतिक्रिया पाउने आशामा रहेको छु ।’

Facebook Comments

सम्बन्धित

Leave a Comment