भविपुस्ताका लागि कांग्रेसमा गगनको उम्मेदवारी

gaganएविसि खबर
काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका युवानेता गगन थापाले कांग्रेसको भाविपुस्तालाई हेरेर आफुले महान्त्रीको पदमा उम्मेदवारी दिएको बताएका छन् । आसन्न तेह्रौ राष्ट्रिय महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको प्यानलबाट उनले महामन्त्रीमा उम्मेदवारी दिएका हुन् । यससँगै उनको प्रतिस्पर्धामा रामचन्द्र पौडेल समूहबाट शशांक कोइराला र शेरबहादुर देउवा समूहबाट आफ्नै ससुरा अर्जुननरसिंह केसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

गगनको प्रतिस्पर्धामा रहेका शशांक वीपीपुत्र हुन् । कांग्रेसको स्थापना देखि नै चलिरहेको कोइरालाहरुको विरासत थाम्न शशांकको उम्मेदवारीलाई संस्थापनका रामचन्द्र पौडेलले उनलाइ अगाडि सारेको देखिएको छ । त्यस्तै अर्जुननरसिंह केसी भने गगनका आफ्नै ससुरा हुन् । उनी संस्थापनसँग रहेर १५ वर्षदेखि गर्दै आएको सहकार्य तोडेर यसपटक देउवा क्याम्प गएका नेताहुन् । संस्थापन पक्षमा रामचन्द्रले च्याप्ने अवसथा नदेखेपछि उनले क्याम्प फेरेको उनका निकट श्रोतले बताएको छ ।

तर, संस्थापनबाट देउवा समूहमा गएका महामन्त्रीका उम्मेदवार भएकाले केसी पछाडि हट्न सकेनन् । केसीका लागि अहिले नभए कहिले भन्ने प्रश्न पनि छ । केसीका ज्वाइँ गगन थापा पनि पछि हट्न सकेनन् । पार्टीमा राम्रो लोकप्रियता कमाएका थापाले सार्वजनिकरुपमा नै अब १५ वर्षमात्रै सक्रिय राजनीति गर्ने घोषणा गरिसकेका छन् । यो घोषणाकै कारण थापालाई पनि अब अलमलका लागि पर्याप्त समय छैन ।

सिटौला समूहबाट महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै गर्दा गगनले ससुरा बा विरुद्ध उभिनुको कारण खुलाए । प्रतिस्पर्धामा उत्रिने निर्णय आफ्नो व्यक्तिगत जीवनमा बडो कठिन भएको समेत उनले सुनाए । आफ्नो प्रतिस्पर्धा ससुरासँग नभई बुबासँग हुन लागेको उनले बताए । यो सम्वन्धप्रति आस्था, सम्मान र गौरव रहेको भन्दै उनले पाँच वर्ष नपुगेका दुई छोरीलाई स्कुलमा नेताका छोरी भनेर चिन्ने गरेको भन्दै छोरीले नेता भनेको त्यो हो, जो आफ्ना बारेमा सोच्दैन, अरुका बारेमा सोच्छ भनेको समेत सुनाए । थापाले भने, ‘यो कठोर निर्णय गर्नेबेला मैले आफ्नो परिवारतिर फर्केर हेरेर गरिरहेको छैन । छोरीको सन्ततीतिर फर्केर हेरिरहेको छु, जसले आजको १५ वर्षपछाडि कुनै बेला मेरा बाले आफ्नो जीवन यो राष्ट्रका लागि समर्पित गर्ने साहसिक निर्णय गरेको सम्मान गर्ने त्यो दिन सम्झिएर साहसका साथमा यो निर्णयमा पुगेको छु ।’

गगनको यो भावुक अभिव्यक्ति आइरहँदा हलमा सम्मानका साथ तालि ताली बजेको थियो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment