नाटोजको अध्यक्षमा अधिकारी

natojनाटोजको दोस्रो वार्षिक साधारणसभाबाट अध्यक्षमा गन्तव्य नेपालका पत्रकार शिव अधिकारी सर्वसम्मतरुपमा निर्वाचित भएका छन् । नाटोजको दोस्रो वार्षिक साधारण सभाबाट पत्रकार अधिकारीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । नाटोजको उपाध्यक्षमा राष्ट्रिय समाचार समितिका विकास लोहनी, राजधानी दैनिकका मधुजंग पाण्डे, रेडियो नेपालका भूषणकुमार पोखरेल, इमेज टेलिभिजका प्रतीक लामिछाने र न्यूज २४ का संगम बाँनिया चयन भएका छन् ।

त्यस्तै, महासचिवमा शिखर पोस्टका प्रकाश खालिङ, उपमहासचिवमा राष्ट्रिय समाचार समितिका सिवी अधिकारी, सचिवमा पर्यटन मासिकका भूमिराज तिवारी, कोषाध्यक्षमा अर्थ र बजार पत्रिकाका नवीन काफ्ले र सहकोषाध्यक्षमा गन्तव्य नेपालका कल्पना मर्हजन चयन भए ।

नाटोजका सदस्यमा वसन्त खड्का, भागवत भट्टराई, कविता अधिकारी, शङ्कर पण्डित, विष्णु पोखरेल, सुजन पन्त, तृष्णा गिरी चयन हुनुभएको छ । नवनिर्वाचन पदाधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले बधाई तथा सफल कार्यकालका शुभकामना दिए ।

नाटोजले सो अवसरमा पर्यटन व्यवसायी मोहन लम्साल, ठाकुरप्रसाद ढुंगाना, रामप्रसाद सापकोटा, भीमनिधि अधिकारीसहित १० जनालाई सम्मान गरेको थियो ।

Facebook Comments

Related posts

Leave a Comment