महिला ह्यान्डबल टोली छानियो

एविसि खबर

imagesकाठमाडौं, १८ फागुन । पाकिस्तानको फैसलावादमा मार्च २७ देखि ३१ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय महिला ह्यान्डबल च्याम्पियनसिपको लागि १६ सदस्यीय महिला ह्यान्डबल टोलीको छनोट भएको छ । यही १६ फागुनबाट दुइदिन सम्म चलेको प्रतियोगिताबाट रञ्जना राई, कविता राई, साधना बम, प्रभा थापा, उमा राई, भेषकुमारी चौधरी, पार्वती चौधरी, पेमा शेर्पा र सङ्गीता चौधरी छानिएका छन् ।

त्यस्तै, विष्णा बोगटी, दुर्गा बोहरा, शान्तिकला राई, देवकुमारी बाँस्कोटा र रामकुमारी चौधरीसमेत टोलीमा अटाएका छन् । त्यसैगरी, रमिला बस्नेत र पार्वती साउद टोलीको वैकल्पिक खेलाडीका रुपमा रहेको नेपाल ह्यान्डबल सङ्घले जनाएको छ ।

Facebook Comments

Related posts

Leave a Comment