रामप्रसाद राईको १०८ औ जन्मदिवस मनाइयो

rampradasaएविसि खबर
काठमाडौं, १९ फागुन । नेपाली प्रजातन्त्र प्राप्तीको लडाइमा होमिएका क्रान्तीका नायक रामप्रसाद राईको स्मिृतीमा किरात राष्ट्रिय मुक्ति मोर्चाले स्मृति सभाको आयोजना गरेको छ । २००७ सालको जहानिया राणा शासनको अन्त्यका लागी पूर्वबाट मोर्चा सम्माहालेका उनको योगदानको चर्चा गर्दै उनलाई इतिहाससँग जोड्न पर्नेमा वक्ताहरुले बताएका छन् ।

२००७ सालको क्रान्तिमा संलग्न भएकाहरु मध्ये कसैलाई जननायक नै मान्नुपर्छ भने ती निर्विवाद ब्यक्ती हुन् रामप्रसाद राई । तर तिनै महान योद्धा राज्यद्वारा षड्यन्त्रपूर्वक मारिएर गुमनाम बनाइएको थियो । राईले नारदमुनी थुलुङसँग मिलेर भोजपुरबाट स्वतस्फूर्त राणाविरोधी अभियान थाल्ने रामप्रसाद राईको कमाण्डमा रहेको मुक्ती सेनाले पूर्वी पहाडका अधिकांस भूभाग कब्जा गरिसकेपछि काठमाण्डौमा आक्रमण गर्ने अन्तिम तयारी गरिरहँदा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको चलाकीपूर्ण कदमबाट धोकापूर्ण दिल्ली सम्झौता हुन गएको इतिहाँस रहेको कार्यक्रममा चर्चा गरिएको थियो ।

उनै जननायक राईको कान्छि छोरी प्राध्यापक लक्ष्मि राईले उहाँसगै क्रान्तीमा लागेका डाक्टर के आइ सिँहले धोका दिएको बताएकी छन् । उनले भनिन्,‘ डक्टर के.आई सिंहले तिम्रो बुवा रामप्रसाद राईको जती डकुमेन्टहरु छ सबै मलाई लिएर देउ म इतिहास लेख्छु भनेर मलाई माग्यो , आमा र मैले सबै फोटो र डकुमेन्टहरु लगेर दियौँ । इतिहास लेख्न हैन सबै प्रमाण मेट्न रहेछ ।’

कार्यक्रममा बोल्दै उनले यसो भनिरहँदा सबैजनाको कान ठाडो भएको थियो । सात सालको प्रजातन्त्रिक आन्दोलनलाई उत्कर्षमा पुराउने बेला राजा राणा र दिल्लीको सम्झौताले रामप्रसाद सपनामा तुषारापात गरेको थियो । जसको कारण पूर्ण प्रजातन्त्र प्राप्त गर्ने र स्वतन्त्र देशको सार्वभौम नागरिक भएर बाँच्ने रामप्रसाद राईको सपना तुहियो ।
नेपाली काँग्रेसको नेतृत्वमा बिरगञ्ज माथि हमला हुँदा मुक्तिसेना प्रमुख थिरबम मल्ल मारिए र मुक्तिसेनाले बिरगञ्ज कब्जा गर्न सकेनन् । मुस्किलले दोश्रो पटकको आक्रमणमा बिरगञ्ज कब्जा भयो । केही समयपछि बिराटनगर कब्जा गर्नु भन्दा अर्को सफलता बिपीको नेतृत्वमा रहेको मुक्ती सेनाले पाएको इतिहास छैन । बरु कृष्णप्रसाद भट्टराईको नेतृत्वमा उदयपुर कब्जा हुँदा भोजपुरे मुक्तिसेनाको उल्लेखनीय सहयोग रहेको इतिहासमा सुरक्षित छ ।

भोजपुरमा रामप्रसाद राई र नारदमुनी थुलुङहरुले बिना रक्तपात राणाप्रशासनलाई कब्जा गरे । लगत्तै खोटाङ र दिंलाको छोटी अड्डा समेत कब्जा गरियो । भोजपुर कब्जा भएको सन्देश बोकेर र हतियार सहयोग माग्ने हेतुले केही भोजपुरे योद्धाहरु बिपीलाई भेट्न जोगबनी गएका थिए । तर बिपीले उनीहरुलाई रित्तो हात फर्काइदिए । नेपाली काँग्रेसको कुनै सहयोग नभए पनि भोजपुरे योद्धाहरु रोकिएनन् उनीहरुले पूर्व तर्फको धनकुटा, चैनपुर लगायतका अड्डाहरु कब्जा गरे भने पश्चिमतर्फको ऐसेलुखर्क, ओखलढुंगा, रामेछाप, चरिकोट, सिन्धुली कब्जा गर्दै काभ्रे र सिन्धुपाल्चोक आइपुग्दा धोकापूर्ण दिल्ली सम्झौता हुन पुगेको प्रवासमा रहेका इन्द्र नाराथुंगेले लेखेका छन् ।

उनले आफ्नो फेसबुकमा यसरी उनको बारेमा आफ्नो मत राखेका छन् ।

उसबेला काठमाण्डौका सर्वसाधरण मानिसहरु माझकिरातबाट डरलाग्दा मान्छे खाने किरातीहरु काठमाण्डौ हान्न आउँदैछ भनेर त्राहिमाम भएको प्रशंगहरु धेरै ठाउँमा पढ्न र सुन्न पाइन्छ । प्रसंग राम्रो होस् वा नराम्रो होस्, तर भोजपुरे योद्धाहरु प्रति राणाशासन कति त्रसित थिएछ भन्ने कुरो यसैबाट प्रमाणित हुन्छ । यदि २००७ साल फागुन ४ गते दिल्लीमा धोकापूर्ण सम्झौता नभएको हुन्थ्यो भने भोजपुरे मुक्ती योद्धाले काठमाण्डौ कब्जा गरेरै छोड्ने थिए । धोकापूर्ण दिल्ली सम्झौता स्वाभिमानी भोजपुरे योद्धाको लागि स्वीकार्य हुने कुरै भएन ।

२००७ साल फागुन ७ गते पछि पनि पश्चिममा डा. के आई सिहले संघर्ष जारी राखे । भोजपुरे योद्धाहरुमा पनि व्यापक असन्तुष्टी थियो । कुनै पनि बेला भोजपुरे योद्धाहरुले बिद्रोह गर्ने सम्भावना थियो । के. आई. सिंहलाई भारतीय सेना परिचालन गरेर पक्राउ गरियो भने रामप्रसाद राई लगायतलाई पनि षड्यन्त्रपूर्ण तरिकाले पक्राउ गरेर केन्द्रीय जेलमा राखियो । जेलमै डा. के. आई. सिंह र रामप्रसाद राई बीच चिनजान भयो र भित्र भित्रै बिद्रोह गर्ने तयारी थालियो । बिद्रोहको लागि डा. के. आई. सिंहका मानिसहरु राजधानीमा उपलब्ध थिएनन् तर धेरै भोजपुरे मुक्ति योद्धाहरु राजधानी मै थिए । तिनै भोजपुरे मुक्ती योद्धाहरुको सहायताले बिद्रोह गरियो । डा. के.आई. सिंह र रामप्रसाद राईलाई जेल मुक्त गराईयो भने सिंहदरबार कब्जा गरेर केही मन्त्रीहरुलाई बन्दी बनाइयो । तर आपसी बिवाद र मुक्तियोद्धा बीचमा गलत सूचना पुग्नुको कारण अन्तिम सफलता हात पर्न सकेन । सयौं मुक्तीसेनाहरु पक्राउ परेपछि डा. के. आई. सिंह र रामप्रसाद राई भाग्न बाध्य भए । सँगै भागेर हिंडेका डा. के. आई. सिंह चीनमा शरण लिन पुगे भने रामप्रसाद राईको अवस्था हालसम्म अज्ञात छ । कतिपयले रामप्रसाद राई मारिएको संका गरेका छन् । तर डा. के.आई. सिंहको भनाई अनुसार भाग्दै गर्दा चीनको सिमाना आसपास रोगले थलिएर मरेका हुन् । तर डा. के. आई. सिंहले भनेको कुरोमा बिश्वास गर्न सकिने आधार छैन । त्यत्रो बिद्रोह गरेर चीन भासिएको मान्छे केही बर्षपछि नै बोलाईएर देशको प्रधानमन्त्री बन्नु पक्कै चानचुने कुरो होइन । बरु डा. के. आई. सिंह कै षड्यन्त्रको कारण काठमाण्डौ बिद्रोह असफल भएको हो भन्नेहरुको भनाईमा केही दम भेटिन्छ । र, रामप्रसाद राई गायब बनाईनुमा डा. के. आई. सिंहको पनि हात थियो भन्ने तर्कमा आशंका गर्ने ठाउँ छ ।

आज तिनै महान योद्धा रामप्रसाद राईको १०८ औं स्मृती दिवस काठमाण्डौमा सम्पन्न भएको छ । स्मृती दिवसमा वहाँकी छोरी प्राध्यापक लक्ष्मी राईले एउटा तितो सत्य खुलासा गर्नु भएको छ । रामप्रसाद राईको इतिहास लेख्छु भनेर परिवारसँग सुरक्षित रहेको फोटो र दस्तावेजहरु लिएर गायब गर्ने बद्मासी विगतमा डा. के. आई. सिंहले गरेका रहेछन् । डा. के. आई. सिंहको यो बद्मासीबाट पनि माथि गरिएको आशंकामा थप बल मिल्छ । अर्थात तात्कालिन राज्य सत्ता र डा. के. आई. सिंहहरुकै मिलेमतोमा सिंहदरबार बिद्रोह असफल बनाईयो र रामप्रसाद राईलाई बेपत्ता पारियो । त्यसैले मेरो दस कक्षासम्मका हेड सर शिक्षाविद गणेश अधिकारीले भन्नू भए जस्तै रामप्रसाद राई नेपाली संस्करणका चे ग्वे भारा नै हुन् । जसको चिहानसँग नेपाली शाषकहरु अझै डराई रहेछन् । नत्र किन चिहान देखाउने हिम्मत गर्दैनन् ?

Facebook Comments

Related posts

Leave a Comment