पर्यटकलाई हात्ती सयरसहित सम्मान

चितवन/ विश्व पर्यटन दिवस–२०१५ चितवनमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । ‘वान मिलियन टुरिस्ट वान विलियन अपच्र्युनिटी’ नारासहित मनाइएको ३६औँ विश्व पर्यटन दिवस अवसरमा चितवनको सौराहा आएका पर्यटकलाई हात्ती सयरसहित सम्मान गरिएको छ ।
भूकम्प र बन्दहडतालका
कारण आक्रान्त चितवनको पर्यटकीय नगरी सौराहामा पर्यटकको चहलपल बढेको व्यवसायी बताउँछन् । क्षेत्रीय होटेल संघ सौराहाले पर्यटन दिवसको अवसर पारेर विमानस्थल र बसबाट सौराहा आएका १ दर्जन पर्यटकलाई खादा, अबिर र गैँडाको प्रतिमूर्तिसहित हात्तीमा सवार गराई गन्तव्यसम्म लगेको थियो ।
संविधान निर्माणसँगै ठप्प सौराहामा दिवसकै दिन १ दर्जनभन्दा बढी पर्यटक भित्रिनु शुभसंकेत भएको क्षेत्रीय होटल संघका निर्वतमान अध्यक्ष नारायण भट्टराईले बताए ।
क्षेत्रीय होटल संघका वरिष्ठ उपाध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा संघका महासचिव राममणि खनाल, कोषाध्यक्ष अन्जन पाण्डेसहित व्यवसायीले सौराहा बसपार्कमा पहिला आउने १ दर्जन पर्यटकलाई स्वागत गरेका हुन् ।

Nayapatrika

Facebook Comments

सम्बन्धित

Leave a Comment