तारा एयरको विमान दुर्घटना

२ नावाबालक सहित २३ मृत्यु

taraपोखरा १२ फागुन । पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान दुर्घटनामा परेको छ । पोखराबाट जोमसोमका लागि उडेको उक्त विमान म्याग्दी रुप्से भिरमा ठोकिएर दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् । बुधबार बिहान ७ बजेर ५७ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडेको विमान ८ बजेर १० मिनेटपछि सम्पर्क विहीन भएको हो । कल साइन ढ(ब्ज्ज् रहेको विमान सवार चालक दल सहित विमानमा रहेका दूइ नवावालक २३ जनाको घटना स्थलमै मृत्यु भएको कास्की मृत्युहुनेमा चालक दलका सदस्यमा पाइलट रोशन मानन्धर, को–पाइलट विकेश नेमकुल र एयरहोस्टेस रमा रावल रहेको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशिनाथ पौडेलले जानकारी दिएका छन । चालक दलका तीन सदस्य, दुई बालिकासहित १८ जना नेपाली र २ जना विदेशी नागरिकको मृत्यु भएको छ । विमानमा चालक दलका सदस्यसहित २३ जना रहेका थिए ।

विमानमा लेप्साङ लामा, राजकुमार तामाङ, रेवती बराल, देवीजंग गुरुङ, बालकृष्ण राउत, मुक्तिनाथ बास्तोला, फेन्जोक गुरुङ, विनिता भट्टचन, कृष्णलाल भट्टचन, मोतीबहादुर केसी, पवित्रा केसी, दीलकुमारी गौचन, कान्छा परियार, लक्ष्मी हिराचन, नाम नखुलेका बालक, कमला थकाली, एकजना विदेशी नागरिक अहमत र अर्को एकजना बालक रहेका छन् ।

हेलीकोप्टरद्वारा खोजिकार्य

विमानको खोजीका लागि जोमसोमबाट नेपाली सेनाको एउटा तथा नीजि हेलिकप्टर एक दुइवटा हेलिकप्टर परिचालन गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

विमान खोजिकार्य तिब्र भइरहेकाबेला म्याग्दीको दानाबाट स्थानीयले विमानका बारेमा केही संकेत दिएका थिए । हराएको यो विमान गत सेप्टेम्बरमा मात्रै खरीद गरिएको नयाँ तारा एयरका बजार प्रवन्धक भीमराज राईले जनाएका छन् । उनका अनुसार विमानमा चालक दलका ३ सदस्यसहित १८ यात्रु रहेका थिए ।

Facebook Comments

Related posts

Leave a Comment