नाकाबन्दी हट्नेमा शंका : दाहाल

काठमाडौं, १० फागुन । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा राखेका भनाइले नाकाबन्दीको समस्या समाधान हुनेमा ढुक्क हुन नसकिने बताएका छन् । पार्टीको काठमाडौं जिल्ला कमिटीले यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला भारतीय समकक्षी नरेन्द्र मोदीले राखेको विचार र उनको हाउभाउले नेपालको संकट सकिएको जस्तो नलागेको भन्दै नाका सहज हुन सक्नेमा अझै ढुक्क हुन सकिंदैन भनेका छन् ।

पार्टीलाई सबैभन्दा ठूलो नबनाएसम्म प्रधानमन्त्री र राष्ट्रपति कुनै पनि पद नलिने घोषणा पनि उनले गरे बुढेसकालमा कम्युनिष्ट पार्टी छाडेर बाबुराम भट्टराईले वैचारिक अपराध गरेको आरोप उनको थियो । ‘असोज ३ गते संविधान नबनाउन बाबुरामजीले धम्की दिनुभएको थियो, लागू नभएपछि लगत्तै पार्टी छाड्नुभयोे’ दाहालले भने ।

माओवादी ३ नं प्रदेश इन्चार्ज एवम् पोलिटब्युरो सदस्य लीलामणि पोखरेलले स्वतन्त्र राष्ट्रले जनताबाट निर्वाचित ठूलो सङ्ख्याका प्रतिनिधिले संविधान जारी गर्दा लागेको नाकाबन्दीले सात खर्बको क्षति व्यहोरेकाले यस्तो घटना नदोहो¥याउनेतर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता औँल्याए ।

Facebook Comments

Related posts

Leave a Comment