म्याग्दी कांग्रेसमा गर्बुजा

म्याग्दी, ११ फागुन । नेपाली कांग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित भएका छन् । छैठौं जिल्ला अधिवेशनमार्फत नयां नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा २५७ मत प्राप्त गरेर सभापति भएका हुन् ।

संस्थापन पक्षका गर्बुजाका प्रतिस्पर्धी देउवा पक्षका नेत्रबहादुर महतले १२६ मत प्राप्त गरे । ४०४ जना मतदाता रहेकामा ३८९ मत खसेको थियो । यसैगरी सचिवमा हरिकुमार श्रेष्ठले १८६ र कोषाध्यक्षमा टङ्क हमालले २०५ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन समितिका सदस्य सागरजीवी उपाध्यायले जानकारी दिए । जिल्ला कार्यसमितिको खुल्ला सदस्यतर्फ ओम छन्त्याल, कर्णबहादुर भण्डारी (केबी), मीनबहादुर कार्की र माधवप्रसाद रेग्मी विजयी भएका छन् । यसैगरी अल्पसङ्ख्यकतर्फ कमल छन्त्याल र दलित सदस्यमा मनकुमारी विक निर्वाचित भएका छन् ।
महिलातर्फ अमृतादेवी बानिया, यमकुमारी गर्बुजा र सावित्री बरुवाल तथा जनजाति सदस्यमा रेकबहादुर पुन जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिहरूमा खुल्लातर्फबाट रेशमबहादुर बानिया, चिरञ्जीवी शर्मा, मुकुन छन्त्याल, तमबहादुर थापा, जीतेन्द्र पुन र भरत रकाल निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा महिलातर्फ विमला गौचन र सुमित्रा गर्बुजा, जनजातितर्फ डमबहादुर गर्बुजा, अल्पसङ्ख्यकमा धनबहादुर छन्त्याल र दलिततर्फ वीरबहादुर विक (कमल) निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

Facebook Comments

Related posts

Leave a Comment