अब दशगजा क्षेत्र सुरक्षित

नयाँ दिल्ली १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा दशगजा क्षेत्रमा अवान्छित गतिविधि हुन नदिने समझदारी भएको छ । तराई मधेसमा आन्दोलन चलेको बेला नेपाल र भारत सीमाको दशगजा क्षेत्र (नो म्यान ल्याण्ड)बाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा भएको भन्दै अब त्यस्तो हुन नदिने समझदारी भएको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

सोमबार दिल्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई देशबीच दशगजा क्षेत्रमा अवान्छित गतिविधि हुन नदिन सहमति भएको भन्दै भारतले नेपालको संविधानलाई महत्वपूर्ण उपलब्ध भनेर स्वागत गरेको समेत उनले जानकारी दिए ।

उनले संविधान जारी भएपछि नेपालीसँग विवाह गर्ने भारतीय महिलाले पनि नागरिकता पाइसकेको भन्दै यसमा कुनै भ्रम नराख्न आग्रह गरे । सीमांकन विवादमा आफूहरु अहिले पनि सहमतिको प्रयासमा रहेको उनको भनाइ रहेको थियो । भारतमा संविधान जारी भएको ६५ वर्ष पुग्दा समेत प्रदेशको संख्या थप्ने र घटाउने काम भइरहेको भन्दै उनले नेपालको संविधान पनि परिर्वतनीय रहेको र आश्वयकता अनुसार संशोधन गर्दै जाने बताए ।

Facebook Comments

Related posts

Leave a Comment