मनकामना स्ववलम्बन सहकारी, ओखलढुङ्गाको दसौं साधारण सभा सम्पन्न

ओखलढुङ्गा, २७ माघ  ।
मानेभन्ज्याङ ओखलढुङ्गामा सञ्चालित मनकामना स्ववलम्बन वचत तथा ऋण सहकारी सस्थाको हिजो दशौं साधारण सभा सम्पन्न भयो ।
उक्त सहकारीले आर्थिक वर्ष ०७१/०७२ मा ३ करोड ४ हजार रुपैयाको कारोबारबाट रु. ९ लाख ४१ हजार आम्दानी गरेको छ भने सञ्चालन खर्च रु. ७ लाख ९७ हजार रहेको छ ।
१६ लाख शेयार पूंिज रहेको उक्त सहकारीमा २१२ महिला तथा १८८ पुरुष गरि जम्मा ४०० सेयर सदस्य छन् । यो सहकारी १० वर्ष अगाडि नै दर्ता भए पनि विगत ४ वर्ष देखि व्यवसायिक कारोबार शुरु गरेको थियो ।
रामकुमार राई अध्यक्ष रहेको उक्त सहकारी २०७१ मा छानिएको जिल्लाकै उत्कृष्ट सहकारी हो ।

Facebook Comments

Related posts

Leave a Comment