पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन

काठमाडौं, २६ माघ । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति सुशील कोइरालाको ७६ वर्षको उमेरमा आफ्नै निवास, महाराजगन्जमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उनको मध्यरात १२ बजेर ५० मिनेट जाँदा निमोनियाका कारण निधन भएको हो ।
संविधानसभाको दोस्रो निर्वाचनपछि ठूलो राजनीतिक दलको नेताको हैसियतले उनी २७ माघ मा मुलुकको ३७औँ प्रधानमन्त्री बनेका थिए । कोइरालाको नेतृत्वमा संविधानसभाबाट ३ असोजमा नेपालको संविधान जारी भएको थियो । उनलाई नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा पार्टी सभापतिका प्रत्यासीका रूपमा हेरिएको थियो ।
पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान दिएका छन्।
Facebook Comments

Related posts

Leave a Comment