कालोबजारी विरुद्व तीन माओवादी निकट विद्याथीको प्रदर्शन

काठमाडौं, २१ माघ । कालोबजारी विरुद्व तीन माओवादी निकट विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । उनीहरुले इन्धन आयात सहज नभएको तथा कालोबजारी संस्थागत भएको भन्दै नेपाल आयल निगमको केन्द्रिय कार्यालय वरीपरि घेराउ गरेका हुन् ।
एमाओवादी, क्रान्तिकारी माओवादी र नेकपा माओवादी निकट अखिल क्रान्तिकारी बिहिबार बिहान ११ बजेदेखि अपराह्न १ः०० बजेसम्म निगमको कार्यालय घेराउ गरेका हुन् । उनीहरुले हालसम्म राजधानी भित्रिएको इन्धनको सत्यतथ्य जानकारी सार्वजनिक गराउनुपर्ने पनि माग राखेका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्ष रत्न ढकालले कालोबजारी संस्थागत भएको र त्यसमा निगमको नै दोष पाइएकाले त्यसविरुद्ध संघर्ष सुरु गरिएको बताए ।

Facebook Comments

Related posts

Leave a Comment