पोखरामा १९ बर्षिया नेहा पुनको हत्या: हत्यारालाई कडा कार्बहिको माग

समाचार, समाज

पोखरा, २१ माघ । 

पोखरा १५ नयाँ गाउँको १९ वर्षीया योरुना पुन ‘नेहा’को हत्यारालाई नेपाल मगर संघ कास्कीले कडा कार्बहिको माग गरेका छ । गत मंगलवार विहान हत्या गरी फालिएको अबस्थामा शव फेला परेको  थियो ।

नेहा

बलात्कारपछि हत्या गरिएको आशंका प्रहरीले गरेका छ । उनको शव अर्धनग्न अबस्थामा भेटिएको थियो ।

उक्त समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नेहाका हत्यारालाई कारबाहीको माग गर्दै अपलोड गरिएका उनको तस्वीरले भरिएका छन्  ।

नेपाल मगर संघ कास्कीले एक विज्ञप्ति प्रकाशित गरी नायिका नेहा पुनको हत्याको विरोध गरेको छ । अध्यक्ष पूर्णबहादुर रानामगरले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै नेहाका हत्याराको तत्काल खोजी र सार्वजनिक गरी कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “मगर चलचित्र ‘गाउला’ तथा ‘यूँपा’की नायिका नेहा पुनमगरको हत्या गरिएको घटनाले हामी सम्पूर्ण कस्केली मगर समुदाय स्तब्ध बनेका छौं, हत्यारा जोसुकै भएपनि प्रशासनसमक्ष कडा कारबाहीको लागि जोडदार माग गर्दछौं ।”

त्यस्तै, आज नेहा पुन को हत्या भयको बिरोध तथा छिटो भन्दा छिटो हत्याको छान्बिन गरी दोसि माथि कारबाही गर्नका लागि दबाब स्वरुप पोखरा-१५ महिला समन्वय समितिको अगुवाई तथा मेन्स रूम रिलोडेड (यम आर आर )पोखरा साथै अन्य संघ संस्थाहरुले चिप्लेढुङा (पोखरा) देखी जिल्ला प्रशासन कार्यालय सम्म दबाब र्यालिको आयोजना गरेका थिय । 

 

Facebook Comments

Leave a Reply