आदिवासी जनजाति राष्ट्रिय युवा फोर्सको विरोध मार्चपास

माघ १६ । काठमाण्डौ । आदिवासी जनजाति राष्ट्रिय युवा फोर्सले जारी सम्विधान तथा कालो बजारीको विरोधमा मार्चपास गरेको छ । आदिवासी  जनजाति राष्ट्रिय युवा फोर्स

 
मधेशी तथा आदिवाशी थारु माथि भएको बर्बर दमन र हत्याको विरोधमा कालो झण्डा तथा विभिन्न प्ले कार्ड सहित मार्चपास गरेको हो ।आदिवासी  जनजाति राष्ट्रिय युवा फोर्स
उक्त मार्चपास भृकुटीमण्डपबाट शुरू भई सिंहदरवार, नयाँ बानेश्वर, पुरानो वानेश्वर, मैतिदेवी, पुतलीसडक हुदै भृकुटीमण्डपमा कार्यक्रम गरी सकिएको थियो । कार्यक्रममा नेपाल मगर संघका नविन रोका मगरले अधिकार बिहिन, पहिचान बिहिन बनाई राख्ने हो भने कालो झण्डा होइन बन्दुक बोकेर मार्चपास गर्न बाध्य हुने बताए । आन्दोलन जारि रहने उदघोष गर्दै थारुहट÷थारुवान संघर्ष समितिका मिन चौधरीले भने – “नेपाली जनताको रगतमा होली खेलेर जारि भएको संम्विधान आदिवासी जनजाति, मधेशी, मुस्लिमले स्विकार गर्ने छैनौ ” । त्यस्तै संघिय लिम्बुवान पार्टीका इन्द्र श्रेष्ठले सम्विधानमा सबैको हक हुने, अपनत्व हुने बनाउनलाई राष्ट्रवादी युवा फोर्सले आन्दोलन गरेको बताए ।

Facebook Comments

Related posts

Leave a Comment