जापानमा नेपाली संघीय समाजको पहिलो भेला हुँदै

काठमाडौं, माघ १३ । जापानमा संघीय समाजवादी फोरमको प्रवास संगठन विस्तार हुने भएको छ ।

संगठन विस्तारका लागि आगामी जनवरी ३१ मा जापानको टोकियोमा पहिलो भेला आयोजना हुने नेपाली संघीय समाज जापानका संयोजक पेम्बा शेर्पाले बताए ।

शेर्पाका अनुसार कार्यक्रम संघीय समाजवादी फोरम नेपालका वैकल्पिक केन्द्रीय सदस्य पेम्बा गेल्बु शेर्पाको प्रमुख आतिथ्यमा उद्घाटन हुनेछ ।

सोही पहिलो भेलाबाट नै संघीय समाजवादी फोरमको प्रवास संगठनका रुपमा नेपाली संघीय समाज जापानको औपचारिक घोषणा हुनेछ ।

जापानमा नेपाली संघीय समाजको पहिलो भेलाSource: Esamata

Facebook Comments

सम्बन्धित

Leave a Comment