आन्दोलनरत दलहरुको धारणा समेटेर विद्येयक पारित गरिने ः सरकार

संसद बैठक
२० पौष, काठमाडौ ।
व्यवस्थापिका संसदको सोमवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले संविधान संशोधन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन् ।

सोमवार अपरान्ह शुरु बैठकमा मन्त्री खरेलले नयाँ संविधानले अत्यन्त लोकतान्त्रिक र समावेशीका सिद्धान्तहरुलाई पूर्णरुपमा आत्मसाथ गरेको जिकिर गरेका थिए । छलफलका क्रममा सांसदहरुवाट आएका सुझावहरु सकारात्मक रहेको भन्दै उँहाले आन्दोलनरत दलहरुका धारणाहरुसमेत समेटेर विधेयक पारित गरिने बताएका थिए ।
सोमवारको संसद बैठक चलिरहदा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्वद्य सांसदहरुले नारावाजी गरेका थिए । उनीहरुले आफुहरुको सहमति विना संशोधन प्रक्रिया अगाडि बढाउन नहुने माग गरेका थिए । संसदको अर्को बैठक मङ्गलवार अपरान्ह बस्ने भएको छ ।

Facebook Comments

Related posts

Leave a Comment