परम्परागत कृषि प्रणालीसंग जोडिएका पानीघट्टहरु विस्थापित हुदै

पौष, नुवाकोट ।
आधुनिक कृषि प्रणालीको कुरा खुबै हुनेभएपनिचल्दै आएको परम्परागत कृषि प्रणालीसँग जोडिएका केहि गतिविधि र प्रविधि समेत अहिले धमाधमविस्थापितहुँदै गएका छन् । संरक्षणको अभाव र प्रोत्साहनको कमीकाकारण पछिल्लो समयमा पानीघट्ठहरु संकटमा पर्न थालेकाहुन् । नुवाकोटको काहुँले गाविसमा सदियौदेखि प्रयोगमाआएकात्यस्तापानीघट्ठहरु विद्युतीयमिलको छायाँमा पर्दा धेरै खोलामा खण्डहर बनेका छन् भने कतिचलेपनिनिरन्तर चलाइराख्नसमस्या देखिएको छ ।
पानीको प्रयोग गरी खोलाका छेउछाउँमा विस्तार गरिएकापानी घट्ठहरु अहिले विस्थापितहुँदै गएका छन् ।परम्परागत कृषि प्रणालीको उपजका रुपमा रहेका यस्ता घट्ठहरु घट्दो प्रयोगकाकारण हराउँदै गएको पाइन्छ । विद्युतीय मिलको विस्तारले यसको अस्तित्वसमेत संकटमा परको छ ।थोरै लगानीमापनि सञ्चालनगर्न सकिने भएपनिपिसानीकालागिअलिलामो समय लाग्ने भएकाकारण पनियसप्रतिको आर्कषण घट्दै गएको कतिपयको भनाइ छ ।
यता यसैमाकाम गरी खानेलाई पनिअहिले दिनभरीको ज्याला उठाउन नै मुश्किल छ । घट्ठकै भरमा परिवारको गुजारा चलाउनअसम्भव नै बनेको छ । उनीहरुकालागि सबभन्दाठूलो समस्याभनेको पानीको स्रोत सुक्दै गएकाकारण पनिव्यबसायमाहा्रस आएको गुनासो गर्छन् ।
स्वास्थ्यकाहिसाबले पनियसले अन्नको पोषण गुम्ननदिने भएकोले निकै लाभदायी मानिन्छ । अन्नको गुण गुम्ननदिनक्षमताभएकै कारण यसलाई सुधार गरेर लान सके फाइदाजनकहुने स्वास्यकर्मीहरु बताउँछन् । त्यतिमात्रनभईयसलाई नियमितबनाउन सके उर्जा संकटका बेला केहि भएपनि सहयोगीबन्ने देखिन्छ ।
नियमितनिगरानीमा बस्नु पर्ने र वर्षातको समयमाखोलामाआउने बाढिले पनिथपसमस्यापार्ने भएकाकारण यसमालागेकाहरु पनि पेशा परिवर्तन गर्ने गरेका छन् ।सुधारिएको पानीघट्टकार्यक्रमविभिन्न ठाउँमा अगाडि बढाएको देखिएपनियसलाई जोगाइराख्नभने त्यतिप्रभावकारी बन्न सकेको छैन ।खोलाका छेउमा यस्ता पानीघट्ठहरु अहिले खण्डर जस्तै बन्दै गएका छन् । ०००

Facebook Comments

Related posts

Leave a Comment