पर्यटकीय स्थल भेडेटार महोत्सव शुरु

पौष, भेडेटार ।
नयाँबर्ष २०१६ लाई लक्षित  धरान र धनकुटाको संगल स्थल भेडेटारमा  चौथो फुड फेष्टिवल सूरु भएको छ ।   होटल एशोसियशन भेडेटारको आयोजनामापुर्वको प्रमुखपर्यटकीय स्थल भेडेटारमाबिहीबार देखि फुड फेष्टिबल  सूरु भएको हो  ।
तिनदिन सम्मचल्ने फेष्टिवलको उद्घाटन गर्दे भूमि सुधार मन्त्री रामकुमार सुब्बाले प्राकृतिक रुपमै सुन्दर रहेको भेडेटारको विकासमा सरकारले पुर्ण रुपमा सहयोग गर्ने  प्रतिबद्धता व्यक्त गरे ।
होटल एशोसियशन भेडेटारका अध्यक्ष लिलाराज लावतीले   फेष्टिबल अवधिभर २० लाख वराबरको कारोबार हुने तथा १० हजार पर्यटकले अवलोकनगर्ने अपेक्षा गरिएको  वताए । विभिन्न ४९ स्टल रहेको फेष्टिवलमा विभिन्नजातिय परिकारतथा स्थानीयउत्पादनहरु राखिएको छ ।
करिव ४० हजार पर्यटकले अबलोकनगर्ने फेष्टिवलमा पर्यटकहरुका लागि धनकुटाको राजारानी, नाम्चे, नमस्ते झरना घुमाउने, होम स्टेमाखाना बस्नको सुविधा सहितको प्याकेजको व्यबस्थामिलाईएको होटल एशोसियशन भेडेटारका सचिवजितेन्द्र रुम्दालीले बताए ।
विभिन्न सांस्कृतिककार्यक्रम सहितको फेष्टिवलमा राष्ट्रिय स्तरकाकलाकारहरुको प्रस्तुति सहितप्रत्येक दिन मगरहरुको हुर्रा नाचले पर्यटकहरुलाई मनोरञ्जन दिने आयोजकले बताएको छ ।  फेष्टिवलअवधि भर भेडेटारमा रहेको होटल तथालजमा २० प्रतिशत छुटको व्यवस्थागरिएको आयोजकले जनाएको छ । ०००

Facebook Comments

Related posts

Leave a Comment