सीमसार क्षेत्र ओझेलमा

बर्दिया ।

बर्दिया जिल्लामा थुप्रै पर्यटकीय क्षेत्रहरु रहेका छन् । तर ती पर्यटकीय क्षेत्रहरुलाई सरकारले अहिलेसम्म पहिचान गर्न भने सकेको छैन । सरकारले पर्यटकीय क्षेत्र बिकासकालागि ध्यान दिन नसक्दा जिल्लामा रहेका प्रशस्त्र सम्भावना बोको पर्यटकीय क्षेत्रहरु समेत ओझेलमा परेका छन् । त्यस्तै नियति भोगेको छ बर्दिया जिल्लाको धधवार गाविसमा रहेको सतखलुवा  सीमसार क्षेत्रले ।

बर्दिया जिल्लाको ढकेला गाउँ अन्र्तगत पर्ने एक सय बिगाहा क्षेत्रफलमा फैलिएको सतखलुवा सीमसार क्षेत्रमा यति बेला मानिसहरुको घुईचो लागेको छ । यहाँको मनोरम ताल हेर्न बाँके,बर्दिया,कैलाली कञ्चजनपुर लगायतका जिल्लाहरुबाट अन्तरिक पर्यटकहरु यति बेला यस क्षेत्रमा आउँने गरेका छन् । बनभोजका लागि प्रिय स्थलको रुपमा परिचित हुँदै आएको यस क्षेत्रमा आउँने गरेका मानिसहरुलाई अहिले बनभोज स्थलको अभाव सिर्जना हुन थालेको छ ।

९ वटा नदीका मुहान मिलेर बनेको कारण यस तालको नाम सतखलुवा रहन गएको स्थानीयको भनाई छ । सतखलुवा तालमा अहिले दिनहुँ बनभोज खान जानेको  भिड नै लाग्ने गरेको छ । तर सरकारी क्षेत्रबाट यस तालको संरक्षणमा चासो नदिएका कारण अहिलेसम्म कुनै प्रचारमा आउन सकेको छैन ।

यस सतखलुवा सिमसार क्षेत्रमा यति बेला पिउँने पानीकोे धारा,बिजुलीबत्ति सरसफाई जस्ता आवश्यक सुधारका कामहरु समेत हुन सकेका छैनन् । स्थानीय स्तरबाट नै ताल संरक्षणको प्रयास भैरहे पनि लगानीको अभावमा कुनै भौतिक निर्माणका कामहरु भ्ने हुन सकेका छैनन् ।

। यो ताल नेपालको एक मात्र रातो कमलको फुलफुल्ने तालको रुपमा समेत परिचित छ । तर राज्यको उचित पहलको अभावमा ओझेलमा परिरहेको यो ताल संरक्षण र प्रचारप्रसारको प्रतीक्षामा बसिरहेको छ ।

Facebook Comments

Related posts

Leave a Comment