नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानउन्मूख

१५ पौष, काठामाडौ ।
नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित ‘केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति’ले सभापति सुशील कोइरालालाई प्रतिवेदन बुझाएको छ । अब सभापतिले उक्त प्रतिवेदन निर्वाचन समितिलाई बुझाउने र सोहीअनुसार पार्टीको स्थानीय तहको निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।
समितिले हिजोसभापति कोइराला निवास महाराजगञ्जमा वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंह लगायतको सहभागितामा प्रतिवेदनलाई आवश्यक परिमार्जनसहित बुझाएको समितिका सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । समितिको प्रतिवेदनका सम्बन्धमा यही पुस १ गतेको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा उठेका विचार र सुझावलाई समेत दृष्टिगत गरी तीन दिनभित्र प्रतिवेदन सभापतिलाई बुझाउनु पर्ने निर्णय गरेको थियो । साथै सभापतिले सो प्रतिवेदन तेह्रौँ महाधिवेशनका लागि गठन गरिएको निर्वाचन समितिमा पठाउनु पर्ने निर्णय गरिएको थियो । काँग्रेस क्रियाशील सदस्यतामा सभापति र महामन्त्रीको अन्तिम हस्ताक्षरपछि मात्र आधिकारिक हुने बयवस्था छ । काँग्रेसमा क्रियाशील सदस्यता विवाद देखिएपछि पार्टीले त्यसबारेमा छानबिन गरी विवाद समाधान गर्न केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा नेता रमेश लेखक र रामकृष्ण यादव सम्मिलित समिति गठन गरेको थियो । समितिको प्रतिवेदनपछि पार्टीमा रहेको क्रियाशील सदस्यता विवाद समाधान हुने अपेक्षा गरिएको छ । नेपाली काँग्रेसको १३ औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ । ०००

Facebook Comments

सम्बन्धित

Leave a Comment