नेपाल भारत आर्थिक सम्वन्धालाई राजनीतिसँग नजोड ः सरोकारवालाहरु

पौष, काठाडौ ।
नेपाल र भारत बीचको ब्यापारिक तथा आर्थिक सम्बन्धलाई राजनीतिसग जोड्न नहुने धारणा पुर्व अर्थमन्त्री तथा उद्यमी ब्यवसायीहरुले बताएका छन । नेपाल भारत चेम्वर अफ कमर्सद्धारा मगलवार आयोजित दुई पक्षीय ब्यापार, लगानी र आर्थिक विकासको सभावना बिषायक कार्यक्रममा उद्यमी ब्यबसायीहरुले सो धारणा ब्यक्त गरेका हुन ।
नेपालको करीव ७० प्रतिशत ब्यापार हुने रक्सौल नाकामा लगाइएको नाकाबन्दी अन्तराष्ट्रिय ब्यापारको मान्यता बिपरित भएको भन्दै उद्यमी ब्यबसायीहरुले लामो ऐतिहासिक सम्बन्ध भएको दुई मुलुक बीचको जनस्तरको सम्बन्धलाई भारत सरकारले कायम राख्न सक्नुपर्ने धारणा राखेका छन् । पुर्व अर्थमन्त्री डाक्टर रामशरण महतले भारतको नाकाबन्दी अन्तराष्ट्रिय ब्यापारको मान्यता बिपरित भएको बताए ।
पुर्व अर्थमन्त्री भारतमोहन अधिकारीले भारत सरकारले रक्सौल नाकाको अवरोधलाई सहज गर्नुपर्ने बताउदै दशगजामा भएको आन्दोलनले दुवै मुलुकको हित नगर्ने धारणा राखे ।
त्यसैगरी नेपालका लागि भारतीय राजदुत रन्जित रेले नेपालको ब्यापार अभिबृद्धि गर्न र नेपालमा भारतीय लगानीको लागि भारत सकारात्मक रहेको बताए ।
नेपाल उद्योग बाणिज्य महासंका उपाध्यक्ष शेखर गोल्छाले नेपाल दुई ठूला मुलुकका बीचमा रहेको हुदाँ नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्ने गरी भारतीय पक्षबाट भएको अवरोध हट्नुपर्ने बताए ।

Facebook Comments

Related posts

Leave a Comment