सर्लाहीमा एमाले नेताको हत्या

१४ पौष, काठमाडौ ।
सर्लाहीमा एमालेका जिल्ला नेताको हत्या भएको छ । सर्लाही जिल्ला कमिटीका सदस्य ६२ वर्षीय रामनरेश यादवको मर्निङ वाकको समयमा आज बिहान हत्या भएको हो ।
सर्लाही हेमपुर गाविस वडा नम्बर ७ मा भएको हो । मर्निङवाकमा हिँडेका उनलाई आँखामा खुर्सानीको धूलो छर्केर धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । हेमपुर गाविसका दुईपटक निर्वा्चित अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य रहिसकेका यादव लोकप्रिय नेता थिए । उनी पछिल्लो समय पार्टीको निर्णयबमोजिम मधेसमा संविधानबारे जनतालाई बुझाउने अभियानमा थिए । हत्याको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, एमाले सचिव योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै हत्याको अनुसन्धान गरी दोषीमाथि कडा कारवाहीको माग गर्नुभएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment