तीन दल मोर्चासंग वार्ता गर्ने तयारीमा


१३ पौष, काठमाडौ ।
राजनीतिक गतिरोधको समाधान खोज्न प्रमुख तीन दल सक्रिय भएका छन् । मधेस समस्या समाधानका विषयमा छलफल गर्न प्रमुख तीन दलको वैठक बसेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति सुशील कोइराला लगायतका नेता सहभागी छन् । संविधान संसोधन मार्फत आन्दोलनरत मधेशी मोर्चाका माग संबोधन गर्ने उपायका विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ । केही दिनदेखि मधेशी मोर्चासंग द्विपपक्षीय र त्रिपक्षीय छलफल गरेका मुख्य दलहरु मोर्चाका मागबारे साझा धारणा बनाउन आन्तरिक छलफलमा जुटेका हन् । साझा धारणा बनाई मोर्चासंग वार्ता गर्ने प्रमुख तीन दलको तयारी छ ।

Facebook Comments

Related posts

Leave a Comment