लोडसेडिङ बढ्याबढ्यै, साताको ७७ घण्टा लोडसेडिङ

पौष, काठमाडौ ।
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय फेरि बढाएको छ । प्राधिकरणले आजदेखि लागु हुने गरी दैनिक एक घण्टाका दरले बढाएर सातामा ७७ घण्टा लोडसेडिङ गर्ने भएको छ ।
यसअघि साताको ७० घण्टा लोडसेडिङ हुने गरेको थियो । सुख्खायाम लागेकाले नदीमा पानीको स्तर घट्दा उत्पादन पनि कम भएकाले लोसेडिङ बढाउनु परेको प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ । नयाँ तालिका अनुसार सातामा सातै दिन दुई समयमा लोडसेडिङ हुनेछ । सबै दिन ११ घण्टा बिजुली आउने छैन । सरकारले भारतको नाकाबन्दीका कारण खाना पकाउने एलपी ग्यासको अभाव भएकाले बिहान र बेलुकाको खाना पकाउने समयमा विजुली नकाट्ने भनेको थियो । तर प्राधिकरणले सार्वजनिक गरेको नयाँ लोडसेडिङ तालिकामा भने प्राय सबै दिन बिहान र बेलुका खाना पकाउने समयमानै  लोडसेडिङ हुनेछ ।

Facebook Comments

Related posts

Leave a Comment