सिरीयाली वद्रोही दमासकसको बाहिरी क्षेत्र छोड्न तयार

पौष, एजेन्सी ।
बिद्रोही संगठन इस्लामिक स्टेट आइएस सिरियाको राजधानी दमासकसको बाहिरी इलाकाबाट हट्न तयार भएको छ । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा आइएसले आफ्ना लडाकु दमासकसको दक्षिणी बाहिरी इलाकाबाट हटाउन तयार भएको जनाइएको छ ।
सिरियामा काम गर्दै आएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले यसबारे जानकारी दिएको हो । दमासकसमा रहेको यरमुक प्यालेस्टाइनी शरणार्थी शिविर रहेको क्षेत्रबाट आइएस पछि हट्न तयार भएको सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले जनाएको छ । यस बारेको सम्झौता पत्र तयार भएको र यसबारेमा सरकारी तथा बिद्रोही पक्षले छलफल गरिरहेका छन् । यरमुक क्षेत्रका रहेका आइएसका लडाकुलाई सुरक्षित रुपमा रक्का जान दिने तयारी छ । आइएसले यरमुक शरणार्थी शिविर, त्यस नजिकको हजर अल असवाद तथा अल कदम क्षेत्रबाट हट्ने तयारी गरेको हो । त्यसक्षेत्रमा घेराबन्दीमा रहेका १८ हजार भन्दा धेरै मानिसलाई राहत तथा अत्यावश्यक सामग्री पु¥याउन यसले सहयोग गर्ने छ ।
गएको अप्रिलमा हजर अल असवादमा रहेका आइएसका लडाकुले यरमुकको अधिकांश भाग नियन्त्रणमा लिएका थिए । त्यस क्षेत्रका मानिस दुई वर्षसम्म सरकारी सेनाको घेरामा बस्न बाध्य भएका थिए भने अहिले आइएसको घेरामा छन् । प्यालेस्टाइनी लडाकुसँगको भिडन्तका कारण आइएसले यरमुक क्षेत्र छोड्न लागेको केही रिर्पोटमा उल्लेख गरिएको छ । तर आइएसका सैन्य अखडा लडाकुले भरिएको अरु रिर्पोटमा उल्लेख छ । ०००

Facebook Comments

Related posts

Leave a Comment