येशु ख्रिष्टको जन्मोत्सव आज, विश्वभर क्रिसमस मनाइदैं ।

पौष, काठमाडौ ।
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव, आज विश्वभरका चर्चमा क्रिसमस पर्वका रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ ।
जिससले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । नेपालमा चार सय वर्ष अघिदेखि क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिस्टियन महासङ्घले जनाएको छ । क्रिसमसको अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थलमा विशेष महोत्सव हुने गरेको छ । क्रिसमस ट्रि लगायतको सजावटले बजार र ठूला व्यापारिकस्थलमा आकर्षण थपिएको छ । क्रिसमस मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिन थालेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिसमसको अवसरमा शुभकामना सन्देश दिँदै यस्ता चाडपर्वले सामाजिक एवं पारिवारिक जमघटसँगै आपसी सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न योगदान पु¥याउने बताउनुभएको छ ।

Facebook Comments

Related posts

Leave a Comment