डिफेन्डिङ च्याम्पियन अफगानिस्तान र माल्दिभ्सको विजयी सुरुवात

पौष, साफ खेलकुद ।
साफ च्याम्पियनसिप फुटबलमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तान र माल्दिभ्सले विजयी सुरुवात गरेका छन् । समुह बी अन्तर्गत हिजो बेलुका भारतको केरलामा भएको त्रिवेन्द्रम रंगशालमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तानले बंगलादेशलाई ४–० ले हरायो ।
अफगानिस्तानले पहिलो हाफमा ३–० को अग्रता लियो भने दोस्रो हाफमा थप एक गोल गर्दै ४–० को जित दर्ता ग¥यो । अफगानिस्तानका लागि २९ औं मिनेटमा हसन कर्ल, फैसल शेयास्टे, ४० औं मिनेटमा जुबाएर आमिरी र ६८ औं मिनेटमा खैबर आमनीले एक एक गोल गरे । त्यसअघि त्रिवेन्द्रम रंगशालामै भएको समुह बी अन्तर्गतको पहिलो खेलमा माल्दिभ्सले भुटानलाई ३–१ ले हरायो ।
माल्दिभ्सको जितमा ८ औं मिनेटमा इमाज अहमद, ३१ औं मिनेटमा अब्दुल्लाह अब्दुल्लाह र ७० औं मिनेटमा कप्तान अलि अस्फाकले एक एक गोल गरे । भुटानका लागि १९ औं मिनेटमा दोर्जी छिरिङले एक गोल फर्काएका थिए

Facebook Comments

Related posts

Leave a Comment