शिक्षामा भैरहेको असरप्रति सरोकारवालाहरुको चिन्ता

पौष, मधेशविशेष
तराई–मधेश आन्दोलनका कारण शिक्षा क्षेत्रमा परेको प्रभावप्रति सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । महिनौं देखि विद्यालयहरु सञ्चालन हुन नसक्दा बिदार्थी र समग्र शिक्षा प्रणालीमा नै गम्भीर असर पु¥याएको उनीहरुले बताएका हुन् ।
काठमाण्डौमा आयोजित तराई मधेश आन्दोलनको सन्दर्भमा विद्यालय शिक्षाको सुनिश्चितता विषयक अन्तक्तियाका बक्ताहरुले राजनीतिक कारणवाट उत्पन्न परिस्थितिले शिक्षा क्षेत्रमा असर गर्नु दुखद भएको बताए । कार्यक्रममा धारणा राख्दै शिक्षा बिभागका महानिर्देशक एवम् विद्यालय शान्ति क्षेत्र केन्द्रीय समन्वय समितिका संयोजक खगराज अधिकारीले लामो समयसम्म पठन पाठन नहुंदा विद्यार्थीहरुमा मनोबैज्ञानिक असर परेको बताए । यसले गर्दा विद्यार्थीहरुले विद्यालय छोड्ने समस्या बढेको उहाँको भनाई थियो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका प्रबक्ता डा. हरि लम्सालले पठन पाठनमा अवरोध भएकै कारण एसएलसी परिक्षा केही ढिला सञ्चालन गर्न लागेको जानकारी दिए ।  प्रवक्ता लम्सालले एसएलसीमा यसै वर्षदेखि सुरु गर्न लागिएको ग्रेडिङ् प्रणालीले विद्यार्थी मूल्याङ्नमा कुनै फरक नपर्ने भएकोले ढुक्क हुन आग्रह गरे ।
बिभिन्न अन्तराष्ट्रिय अभ्यासपछि ग्रेडिङ् प्रणाली प्रयोग गर्न लागिएको प्रबक्ता लम्सालले बताएका  थिए । यस विषयमा सबै सरोकारवाहरुसंग छलफल गरिने पनि स्पष्ट पारेका थिए ।

Facebook Comments

Related posts

Leave a Comment