खोटाङमा एमाले नेताद्धारा निर्घात कुटपिट : घाइतेले उपचार खर्छ अझै पाएनन्

काठ्मान्डौ , १ पौष । केही समय अघि नेकपा एमाले खोटाङका जिल्ला कमिटी सदस्य वर्ण कुमार राईले  निर्घात कुटेका  बाकाचोल – ४, खोटाङको ६२ बर्षिय प्रेम बहादुर राइले सहमती बमोजिमको उपचार खर्च अझै पाएका छैनन ।

गाँउमा बारिको साँध्मा भएको घाँस काटेको निहुमा एमाले नेता बर्ण कुमार राईले प्रेमबहादुर राईलाई निर्घात कुटपिट गरेका थिए । स्थानिय गोपिधन राई सँग आएका राईले वस्तुको किला ठोक्ने मुङग्रोले टाउको, छाती लगायत शरिरको विभिन्न भागमा कुटेका थिए । मुङग्रोले कुटेको हुनाले बाहिरी चोटपटक नदेखिए पनि भित्र गम्भिर असर परेको हुनसक्ने आशंकामा इलाका हस्पिटल ऐसेलुखर्कका अहेब रामकाजी नेपालले थप परिक्षण तथा उपचारको लागि अन्य अस्पताल जानको लागि सिफारिस गरेका थिए ।

ऐसेलुखर्क इलाका प्रहरी कार्यलयमा वर्ण कुमार राईले घाईते प्रेमबहादुर राईलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गराउनु पर्ने लिखित सहमति समेत भएको थियो । सोही बमोजिम घाइतेलाई थप उपचारको लागि डोकोमा बोकेर जिल्ला हस्पिटल लगिएको थियो । टाउकोको परिक्षण तथा उपचार जिल्ला हस्पिटलमा सन्तोसजनक नभएकोले पिडितलाइ थप परिक्षण र उपचारको लागि काठमाण्डौ ल्याइएको पिडितको परिवारले बताएकाछन् । जिल्ला प्रहरी कार्यलय खोटाङमा पिडक राइले रू. २० हजार घाइतेलाई उपचारार्थ खर्च दिने र अन्य रकम घाइते आफैले बेहोर्ने गरि मसिंर १९ गते सहमति भएको थियो । तर, उक्त रकम अझै नपाएको, सम्पर्क समेत हुन नसकेको पिडित प्रेम बहादुर राईले बताए । पिडित प्रेमबहादुर राई दुखेसो पोख्छन् – “एमालेको युवा, जवान नेताले म बुढोलाई घाइते बनायो, घर खेती गर्न नसक्ने बनायो, तर उसलाई कुनै दण्ड सजाय भएन ।”  पिडित घाइतेको अवस्था सामान्य रहे पनि डाक्टरले ६ हप्ता आराम गर्नु पर्ने सल्लाह दिएका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment