पहिचान पक्षधरलाई चीनको निम्तो

राजनीति, समाज

काठमाडौं ।
संघीयता पक्षधर जनजाति नेताहरु चीन भ्रमण जाँदैछन् । चीन सरकारको निम्तोमा सोमबार साताव्यापी ‘सद्भावना भ्रमण’मा जान लागेका हुन् । आङङवाङ शेर्पाको नेतृत्व टोलीमा २५ जना सहभागी छन् । केही अधिकारकर्मी र सञ्चारकर्मीसमेत सहभागी छन् ।

टोलीमा सांसद गोपाल दहित, संघीय समाजवादी फोरम केन्द्रीय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पा, कांग्रेसका तुलसी सुब्बा, पूर्वमन्त्री छक्कबहादुर लामा, शेर्पा मुक्ति मोर्चाका अध्यक्ष पेमाछिरी शेर्पा, भोटे मुक्ति मोर्चाका अध्यक्ष छिरिङ लन्डुप लामा, बौद्ध क्षेत्र विकास समितिका सदस्यसचिव सम्पूर्ण लामा, पर्यटन व्यवसायी त्रिपल गुरुङ, पूर्व डिएसपी तथा अधिवक्ता चूडा लामा, धनकुटाका पूर्वमेयर वाङ्दी लामा, इन्डिजिनियस फिल्म अर्काइभका सन्जोल लाफामगरलगायत छन् । नेपालमा संघीय प्रदेशका विषयमा ‘चीन नकारात्मक’ रहेको भन्ने विषयलाई चिर्न जनजाति नेताहरुलाई सद्भाव भ्रमण गराउने चाँजो मिलाएको जनाएको छ ।

Facebook Comments

Leave a Reply