रियल म्याड्रिड भिल्लारियलसंग पराजित, बार्सिलोना शीर्ष स्थानमा

२८ मंसिर, एजेन्सी ।
स्पेनिस ला लिगा फुटवल अन्तर्गत दोस्रो स्थानको एथ्लेटिको म्याड्रिडले शीर्ष स्थानको बार्सिलोनासंग अंक बराबर गरेको छ । गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा छन ।
यता रियल म्याड्रिड भने भिल्लारियलसंग पराजित हुदै तेस्रो स्थानमा पाँच अंकले पछि परेको छ । गएराति भएको खेलमा एथ्लेटिको विल्वाओलाई दुई एक गोलले हराउदै एथ्लेटिको म्याड्रिडले शीर्ष स्थानको बार्सिलोनासंग अंक बराबर गरेको हो । दुवैको समान ३५ अंक भएपनि गोल अन्तरका आधारमा बार्सिलोना अगाडी छ । खेलको २७ औं मिनेटमा लापोर्टेले गोल गर्दै पाहुना टोली विल्वाओलाई अग्रता दिलाएपनि पहिलो हाफको अन्तिममा सोल र ६७ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै एथ्लेटिकोलाई महत्वपूर्ण जित दिलाए । यता उपाधिको अर्को दावेदार रियल म्याड्रिड भने भिल्लारियलसंग उसकै मैदानमा पराजित भएको छ । खेल सुरु भएको आठौं मिनेटमै भिल्लारियलका स्ट्राइकर रोवर्टो सोल्डाडोले गरेको गोल नै भिल्लारियलको जितमा निर्णायक बन्यो । त्यसयता स्टार खेलाडीहरुले भरिएको रियलले भिल्लारियलको पोष्टमा धावा बोल्न सकेन । पराजयपछि लिगमा सम्पन्न १५ औं चरणको खेलसम्म तेस्रो स्थानको रियल म्याड्रिड शीर्ष दुई स्थानका बार्सिलोना र एथ्लेटिको म्याड्रिडभन्दा स्पष्ट पाँच अंकले पछाडी पुगेको छ । भिल्लारियल रियललाई हराउदै लिगको पाँचौ स्थानमा उक्लिएको छ । ०००

Facebook Comments

Related posts

Leave a Comment