चीनमा अध्ययन गरेर फर्केका मेडिकल विद्यार्थीहरुको विचल्ली

मंसिर, काठमाडौ ।
नेपाल सरकार शिक्षा मन्त्रालयले एमबीबीएस पढ्ने छात्रवृत्तिमा चीनमा विद्यार्थी पठाउदै आएको छ । सन् २००८ र २००९मा सरकारको छात्रवृत्तिमा चीन गएका विद्यार्थीहरुको पढाइ अवधि नपुगेको भन्दै नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षा रोकिदिए पछि मेडिकल विद्यार्थीको बिचल्ली भएको छ । उत्तरमा अध्ययन गरेका आएका विद्यार्थीहरुले सरकार र मेडिकल काउन्सिलबीचको जुहारीको मारमा भोगेको सास्तीले कहिले समाधान पाउने हो त्यो भने अन्यौलमा छ ।
नेपाल सरकारले छात्रवृत्तिमा चीन अध्ययन गर्न  पठाइएका विद्यार्थीलाई नेपाल सरकार तथा शिक्षा मन्त्रालयले उचित व्यवस्थापन गर्न खोज्दा पनि मेडिकल काउन्सिलको लापरबाहीको कारण अहिले ति बिद्यार्थीको भविष्य अन्योलमा परेको हो । शिक्षा मन्त्रालयले आह्वान गरेको खुला प्रतिष्पर्धामा छानिएर चीनको तोङ्जी विश्वविद्यालयमा पढ्न गएका विद्यार्थी अध्ययन सकेर आएको १७ महिनासम्म पनि नेपाल मेडिकल काउन्सिलको परीक्षामा सामेल हुन पाएका छैनन्।
डाक्टर बन्नका लागि पाँच वर्ष ६ महिना पढेको हुनुपर्ने काउन्सिलको प्रावधान रहेको छ । चीन सरकारद्वारा सञ्चालित मेडिकल कलेजमा छात्रवृत्तिमा गएका विद्यार्थीले भने एक वर्ष चिनियाँ भाषा र ५ वर्ष एमबिबिएस पढ्नुपर्छ ।  यसरी पढेर आएका विद्यार्थीलाई यसअघि काउन्सिलले थप ६ महिनाको इन्टर्नसीपको व्यवस्था गरिदिएर लाइसेन्सिङ परीक्षामा सामेल हुन दिने गरेको थियो । तर पछिल्लो समय त्यो रोकिएको छ ।
उनीहरु संगै अन्य देशमा पढेर फर्किएकाहरुले मेडिकल अभ्यास थालिसकक्दा पनि आफुहरु भने बिभिन्न सरकारी निकायको ढोका ढकढकाउदै सास्ती खेप्नु परेको पीडित बिद्यार्थीहरु बताउछन ।
काउन्सिलका पदाधिकारीले इन्टर्नसीप नपुगेको भन्दै थप ६ महिना इन्टर्नसीप गरेर आउन अह्राएका छन् । उनीहरु पढेको मेडिकल कलेजले पढाइ पूरा भएको भन्दै दीक्षित गरेर पठाएको छ । काउन्सिलको ‘नेशनल गाइडलाइन्स फर मेडिकल इन्टर्नसीप २००७’मा स्पष्टै भनिएको छ, ‘नेपाल सरकारले कसैलाई इन्टर्नसीप नभएको संस्थामा एमबिबिएस वा सो सरहको कोर्षमा अध्ययनार्थ पठाउँछ भने इन्टर्नसीप गर्ने व्यवस्था पनि गर्नुपर्छ ।
मन्त्रिपरिषद् सामाजिक समितिको गत बर्षको माघ २ गते र चैत्र २६ गते बसेको बैठकले चीनमा अध्ययन गरेका विद्यार्थीहरुको इन्टर्नसीपको व्यवस्था नेपालमै मिलाउन काउन्सिललाई भनेको छ । तर झण्डै १ वर्ष वितिसक्दा पनि काउन्सिलले बिद्यार्थीको समस्या नसुल्झ्याउनु मा मेडिकल माफियाकै चलखेल देखिन्छ । ०००

Facebook Comments

सम्बन्धित

Leave a Comment