तोरन तान्नै हैरान, प्रचलन पनि लोपोन्मूख

बिबिध, समाज

२५ मंसिर, म्याग्दी ।

कुनैसमय म्याग्दीको गलेश्वरमा तोरन तार्ने भक्तजनको ताँती लाग्थ्यो । बाजागाजा र भजन सहित आउने भक्तजनले कालिगण्डकी नदी छपक्कै छोप्ने गरेको थियो । गलेश्वर मन्दिर आसपासका क्षेत्रमा तोरन तार्नेहरूको भिडले रौनकता छाउने गरेको थियो । तर समयको परिवर्तन, जनशक्तिको अभाव र परम्परागत प्रचलनमा देखिएको रुचीको कमीका  कारण हिजोआज कालिगण्डकीमा एकदुईवटा तोरन पनि देखिन छोडेको छ । कालिगण्डकी नदीमा बालाचर्तुदशी पर्वको अवसरमा तोरन तार्ने पुरानो प्रचलन हराउँदै जान थालेको छ ।
म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम शिवालय मन्दिको दर्शन र पुजाआजा गरेपछि नजिकै रहेको कालिगण्डकी नदीमा दर्जनौ तोरन वारपार गरी तार्ने चलन रहेपनि यसबर्ष ३ वटामात्रै तोरन तारिएको छ । प्राचीनकाल देखि  भगवानलाई खुसी पार्न, आफ्ना दिवङ्गत परिवारको उद्धार तथा मनोकामना पुरा हुने धार्मिक विश्वासका साथ एउटा तोरनमा अनेकथरी फुल राखी कालिगण्डकी नदीमा विषेश पुजाआजा गरी नदी वारपार गर्ने गरिन्छ ।
आधादशक अगाडिसम्म म्याग्दीको गलेश्वरमा हरिवोधनी एकादशी, तुलसीको पुजा र बालाचर्तुदशी पर्वमा एकदिन अगाडि मन्दिरमा पुगेर भजनकृतन वा समय अभाव भएकाले तोरन प्रस्थान गरेको स्थानबाटै बाजागाजा र नाचगान सहित मन्दिरसम्म पु¥याउने चलन थियो । हिन्दु धर्मालम्बीले पुजा गर्ने सबैजसो भगवानलाई खुसी बनाउन एकल वा समुहमा तोरन तार्ने प्रचलन रहेपनि जनशक्ति र पुरानो परम्परालाई नयाँ पुस्ताले चासो नदेखाउँदा लोप हुने अवस्थामा पुगेको पुजारीको भनाई छ । गलेश्वरमा रातभर जागरमा बसी पृत्रीउद्धार तथा शिवलोक प्राप्ति गर्ने जनविश्वासका साथ परापुर्वकाल देखि नै तोरन तार्ने सहित सद्बीज छर्ने गरिन्छ ।
म्याग्दीका साथै बागलुङ, पर्वत लगायतका क्षेत्रबाट समेत आउने गरेको भएपनि नाकाबन्दी र यातायातको असहजताका कारण पनि असर गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । रातिमा जाग्राम बसी भजन कृर्तन गाउने र बेलको वोटमुनी बक्ति बालेर विहीबार विहानै प्रसिद्ध कालिगण्डकी नदीमा नुहाउने चलन रहेको छ । तोरन सहित सद्बीजमा कोदो बाहेक धान,गहुँ ,मकै ,जौ ,केरा,सुन्तला लगायतका अन्न तथा फलफलु छर्ने गरिन्छ ।  ०००

Facebook Comments

Leave a Reply