असोज १५ गते पाल्पाको तानसेनमा बृहत् मगरात भेला हुने

magarat-feature-890x395_cमगरात संघर्ष समितिले असोज १५ गते पाल्पा जिल्लाको तानसेनमा मगरात भेला राख्ने निर्णय गरेको छ । भेलामा राप्ती, लुम्बिनी, गण्डकी र धवलागिरी अञ्चलबाट सहभागी हुनेछन् ।

त्यसअघि असोज १२ गते विभिन्न राजनीतिक दलहरुका केन्द्रीय स्तरका मगर नेताहरुबीच मगरात स्वायत्त प्रदेशबारे ‘उच्च स्तरीय छलफल’ पनि गरिने बताइएको छ ।

मगरात संघर्ष समितिले विभिन्न मागहरुमध्ये मगरहरुको सघन बसोबासको निरन्तरतासहितको मगरात स्वायत्त प्रदेश रहने बताएको छ ।

त्यस्तै गरेर जिल्ला जिल्लामा मगरात संघर्ष समिति, संयुक्त मगर मञ्च, नेपाल तथा मगरात युवा दस्ता गठन गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।

यसअघि संघर्ष समितिले असोज ३ र ४ गते मगरात बन्द गरेको थियो । असोज ४ गते पाल्पाको तानसेनमा शान्तिपूर्ण बन्दमा सहभागी मगरात संघर्ष समिति पाल्पाका संयोजक बलबहादुर गाहामगर, रामबहादुर आलेमगर र बीरबहादुर बुचामगरमाथि ‘अराजक भिजलान्ते युवा जमातबाट सांघातिक आक्रमण गराइएको’ विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै गरेर बाग्लुङको बुर्तिबाङमा मगरात स्वायत्त प्रदेशको साइनबोर्ड प्रहरी प्रशासनले हटाएकोमा संघर्ष समितिले भर्त्सना गरेको नेपाल मगर संघका केन्द्रीय सचिव ज्ञानेन्द्र पुनमगरले बताए ।

Esamata

Facebook Comments

Related posts

Leave a Comment