शीतलहरले बालबालिका मुटु काप्दै विद्यालयमा

२५ मंसिर, सर्लाही ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अव्यवहारिक निर्णयले तराई मधेसका लाखौं विद्यार्थी गम्भीर स्वास्थ्य समस्याको चपेटामा परेका छन् । जाडो सुरु भएसंगै तराईमा शीतलहरको समस्या चर्को बन्ने जान्दा जान्दै विद्यालयहरु विहान मात्र सञ्चालन गर्न दिने मोर्चाको निर्णयको शिकार बनिरहेका छन् यतिखेर तराई मधेसका बालबालिकाहरु ।
तराईका जिल्लाहरुमा शीतलहर शुरुभएसँगै दैनिक जीवन त प्रभावित भएको छ नै सबभन्दा बढि स्कुले बालबालिकालाई समस्यामा परेका छन् । तराईमा जारी आन्दोलनले बन्द भाएका विद्यालय लामो समय पछि खुलेपनि बिहानको समयमामात्र विद्यालय सञ्चालन गर्न दिएसंगै विद्यार्थी विद्यालयमा पुगेपनि प्रतिकुल मौसमका कारण पढाई भने पुरै प्रभावित हुने गरेको छ  ।
बिहानको समयमा मात्र सञ्चालन गर्ना पाउने अव्यवहारिक निर्णयका कारण बालबालिकाले विभिन्न खाले स्वास्थ्य समस्याबाट गुज्रनु परेको छ ।  एकातिर उनीहरुले पढाईमा ध्यान दिन सकिरहेका छैनन् भने अर्कोतिर उनीहरुको स्वास्थमा विभिन्न खालका समस्या देखा  पर्न थालेको छ । त्यतिमात्र नभएर इन्धन अभावमा स्कुल बस सञ्चालन हुन नसक्दा टाढाका विद्यार्थीलाई एकाबिहानै विद्यालय पुग्न नै धौ धौ परेको छ । कतिपय विद्यालयमा साविक रुपमा विद्यार्थी समेत आउन छाडेका छन् । शितलहरकै कारण बिद्यालयमा अध्ययनकालागी आउने छात्र छात्रामा रुघाखोकी लगायतको समस्या देखिने गरेको जानकी माध्यमिक बिद्यालय लालबन्दीका प्रधानाध्यापक ऋषिराम तिमल्सिनाले बताए ।
चिसो संगै अस्पतालमा रुघाखोकी ,निमोनिया लगायतका बिरामीको चाप बढेको लालबन्दी उपस्वास्थ्य चौकीका डक्टर सरोज कुमार साहले बताए ।

तराईमा तातेको बेला यसको तापबाट प्रत्क्षय मारमा परेका विद्यार्थी अहिले चिसोमा पनि शितलहरबाट अछुतो हुन सकिरहेको छैनन् । वार्तामा विनम्रतापूर्वक फर्किएर मधेसको मागको शान्तिपूर्ण हल खोज्ने बाटोमा देखिएको मोर्चाले यो अव्यवहारिक निर्णय सच्याए उनीहरुका लागि जसको अर्को बाटो पनि खुल्ने निश्चित छ । ०००

Facebook Comments

Related posts

Leave a Comment