भूकम्पले क्षतिग्रस्त विद्यालय गैरसरकारी संस्थाले बनाइदिने

२५ मंसिर, सिन्धुपाल्चोक ।
जापानी संस्था एसिया फ्रेण्डशिप नेटवर्क र अमेरिकी संस्था किड्स अफ काठमाण्डौले सिन्धुपाल्चोक जिल्लाको कुन्चोक गाविसमा दुई वटा विद्यालयको भवन निर्माण गरिदिने भएको छ ।
महाविनाशकारी भूकम्पका कारण पूर्णरुपमा क्षति भएको सिन्धुपाल्चोकको कुन्चोक ३ स्थित महेन्द्र उच्च माविका लागि १० कोठे पक्की भवन बनाइदिने सम्झौता गरेर हालै भवनको शिलान्यास गरिएको हो ।
जापानी संस्था एसिया फ्रेण्डशिप नेटवर्क र अमेरिकी संस्था किड्स अफ काठमाण्डौले संयुक्तरुपमा विद्यालय भवन निर्माण गरिदिने तथा त्यसका लागि आवस्यक फर्निचर र सफा खानेपानीको समेत व्यवस्था गरिदिने एसिया फ्रेण्डशिप नेटवर्क जापानका अध्यक्ष इसिमारु योजिरोले बताए ।
त्यस्तै कुन्चोक ४ मा रहेको सरस्वती प्राविका लागि आवस्यक ६ कोठे भवनको पनि सोही अवसरमा शिलान्यास गरियो । शिलान्यास गर्दै एसिया फ्रेण्डशिप नेटवर्क नेपालका अध्यक्ष गणेशमान लामाले बताए ।

शिलान्यास कार्यक्रममा किड्स अफ काठमाण्डौका संस्थापक एन्ड्र रेइबले विद्यालयका लागि आवस्यक सम्पूर्ण भौतिक पूर्वाधार तयार गरेर हस्तान्तरण गरिने छ । लामो समयदेखि नेपालका विभिन्न जिल्लाहरुमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको एसिया फ्रेण्डशिप नेटवर्क र किड्स अफ काठमाण्डौले भूकम्पपछि क्षतिग्रस्त विद्यालयहरुका लागि महत्वपूर्ण मद्दत गर्दै आएको छ । ०००

Facebook Comments

Related posts

Leave a Comment