प्रमुख तीन दल र मोर्चाको वार्ता दिउँसो

२५ मंसिर, काठमाडौं ।
प्रमुख तीन दल र मधेसी मोर्चाबीच आज पनि वार्ता हुँदैछ । प्रधानमन्त्री कार्यालय सिंहदवारमा १ बजे त्रिपक्षीय वार्ता बोलाइएको छ ।
त्यसअघि प्रमुख तीन दलको बैठक बस्नेछ । बैठकमा ११ बुँदे मागबारे प्याकेजमा सहमति गर्नु पर्ने मधेसी मोर्चाको मागबारे छलफल हुनेछ ।
यसअघि बिहीबार भएको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयक अघि बढाउन आग्रह गरेका थिए । तर, मधेसी मोर्चाले भने प्याकेजमै सहमति हुनु पर्ने बताएको छ ।

Facebook Comments

Related posts

Leave a Comment