ट्रान्सफर्मर पड्कियो, दुईको मृत्यु

मंसिर, मकवानपुर

मकवानपुरको हाँडीखोलामा रहेको विद्युत ट्रान्सफर्मर पड्कदा त्यसक्षेत्रका दुई जना महिलाहरुको करेन्ट लागेर मृत्यु भएको छ ।
हाँडीखोला बजारमा रहेको ट्रान्सफर्मर पड्किएपछि त्यसमार्फत बिद्युत प्रवाह भएका सबै क्षेत्रमा हाई भोल्डेजका कारण करेन्ट लागेको थियो । गाउँभरी करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको र धेरै घाईते रहेको प्रहरीले जानकारी दिएको छ । करेन्ट लागेर घाईते भएका हाँडीखोला चारका १९ बर्षिया शर्मिला मोक्तान र ६० बर्षिया ठूलीमाया मोक्तानलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु  भएको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments

Related posts

Leave a Comment