नेतृत्व असफल भएको रामचन्द्रको दावी, सभापतिमा उम्मेदवारी दिने घोषणा

मंसिर, पर्वत ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पछिल्लो राजनितीमा सुशील कोइराला र शेरबहादुर देउवा असफल भएको आरोप लगाएका छन् । आसन्न महाधिबेशनमा आफुलाई सभापतिको दावेदारका रुपमा प्रस्तुत गर्दै नेता पौडेलले पार्टीका शीर्ष नेताहरु असफल भएको दावी गरेका हुन् ।
नेपाल प्रेस युनियन पर्वतले कुस्मामा गरेको पत्रकार सम्मेलनमा उपसभापति पौडेलले पछिल्लो समयमा पार्टीका दुवै शीर्ष नेताको भूमिका राष्ट्रिय राजनीतीमा असफल बन्दै गएको बताएका थिए ।
राष्ट्रिय राजनितीमा सुशील कोइराला आफ्नो सबै बिचार र अडान राख्न नसक्ने र देउवा कम्युनिष्टसंग बहकिएका कारण असफल बनेको उपसभापति पौडेलको कथन छ । १६ बुँदे सहमति हुँदा समेत आफुले असहमति जनाएको बताउँदै पौडेलले  आफुले राख्दै आएको तेस्रो धारको औचित्य अहिले पनि सफल रहेको दाबी गरे ।
उपसभापतिको हैसियदमा सभापति कोइरालालाई सफल बनाउन महत्वपुर्ण भुमिका खेलेको पनि उनको भनाई थियो । पार्टीको आसन्न महाधिबेशनमा सभापति पदमा उमेदवार दिने पौडेलले घोषणा गरे ।

Facebook Comments

Related posts

Leave a Comment