मधेशी मोर्चाका नेताहरु दिल्लीमा राजनीतिक भेटघाटमा व्यस्त

मंसिर, काठमाडौ ।
राजनीतिक समिति मार्फत तीन महिनाभित्र प्रदेशको सीमांकन हेरफेरको प्रस्ताव अस्वीकार गरेर दिल्ली पुगेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु आज पनि राजनीतिक भेटवार्तामा ब्यस्त छन् । हिजो भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई भेटेर रात्रिभोजमा समेत सहभागी भएका नेताहरु आज पनि उच्च राजनीतिक भेटवार्तामा सक्रिय रहनेछन् ।12313955_147426878953017_4864620208478101123_n
मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव लगायतका नेताहरुले हिजो दिल्लीमा विभिन्न दलका नेताहरुलाई भेटेका हुन् । मधेसी मोर्चाका नेताहरुले हिजो साँझ भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गरेका हुन् । मधेसी मोर्चाका नेताहरुका लागि रात्रिभोजको समेत आयोजना गरिएको थियो । भेटमा मधेसी मोर्चाका नेताहरुले भारतले नेपालमाथि नाकाबन्दी नगरेको दाबी गरेका छन् । भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राज्यले रंग र भाषाका आधारमा विभेद गरेको र संविधानले पनि विभेद गरेकाले अधिकार प्राप्तिका लागि आन्दोलन सुरु गरेको विषयमा कुराकानी भएको जानकारी दिए ।
आइतबार बिहान नयाँ दिल्ली पुगेका मोर्चाका नेताहरूले अपरान्हबाटै भारतीय नेताहरूलाई ब्रिफिङ गर्न सुरु गरेका थिए । उनीहरुले बिहारका मुख्यमन्त्री नितिसकुमारको पार्टी जनता दल युनाइटेड अध्यक्ष सरद यादव र कांग्रेस आईका नेता करण सिंहलाई भेटेका छन् । मोर्चाका नेताहरुले पहिलो भेट जे.डि.यूका अध्यक्ष सरद यादवसँग गरे भने त्यसलगतै करण सिंह र राष्ट्रिय कांग्रेस पार्टीका महासचिव डीपी त्रिपाठीलाई छुट्टा छुट्टै भेटेका छन् ।
जनता दलका अध्यक्ष यादवसँगको भेटवार्तामा मोर्चाका नेताहरुले संविधानमा आफ्ना आवाज नसमेटिएका कारण आन्दोलन गरेको तर आन्दोलन थालेको चार महिना हुन लाग्दा पनि सत्तारुढ दलहरुले आफ्ना मागलाई बेवास्ता गरेको बताएका छन् । मोर्चाका नेताहरुले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ताको प्रयास गरिरहेका छन् ।
भारतको राज्यसभामा नाकाबन्दीका कारण नेपालमा संकट गहिरिएको र भारतविरोधी भावना बढेको भन्दै विपक्षीहरूले नरेन्द्र मोदी सरकारको आलोचना भइरहेका बेला मधेसी मोर्चाका नेताहरुलाई दिल्ली भ्रमणको निम्तो आएको थियो । राजेन्द्र महतो र महेन्द्र राय यादव सीलगुढी हुँदै शनिबार र, महन्थ ठाकुर र उपेन्द्र यादव आइतबार विहान दिल्ली पुगेका थिए । ०००

Facebook Comments

Related posts

Leave a Comment