वर्दी त्यागिन्छ, नागरिकलाई ठग्नेसँग झुक्दिन ः एसएसपी थापा

कालोवजारीको आशंकामा व्यापारि घराना प्रहरी निगरानीमा

मंसिर, काठमाडौ ।
प्रतिष्ठित ब्राण्ड र कतिपय व्यापारिक घरानाका उद्योग धन्दा र व्यापार व्यवशाय कृतिम अभाव, मिसावट, कालोबजारी र तस्करी समेत संलग्न हुने गरेको सूचना आएको भन्दै प्रहरीले निगरानीका लागि विशेष टोली बनाएर निगरानी थालेको छ ।

पत्रकार सम्मेलनमा वोल्दै प्रमूख थापा
काठमाण्डौ प्रहरी  प्रमूख थापा

काठमाण्डौ प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले अभावमा देश र जनतालाई ठगी गर्नेलाई पक्राउ गर्नबाट आफुलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
एसएसपी थापाले आफु बर्दी त्याग्न तयार रहेको तर बदमाशी गर्नेसँग कहिल्यै सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
आफ्नो अनुसन्धान र कारवाही पारदर्शी रहेको जिकिर गर्दै एसएसपी थापाले दबाव र प्रभावमा पार्न खोजे त्यस्तालाई पनि नछाडिने चेतावनी दिएका हुन् ।
व्यापारिक घरानाको आडमा राज्य प्रशासनलाई प्रभावित तुल्याई अनैतिक काम गर्ने व्यापारीलाई एसएसपी विक्रमसिंह थापाले चुनौती दिएका छन् । पैसा र पावरको आडमा कर्मचारी वा विचौलियालाई अघि सारेर आफु उम्कने प्रवृत्ति विपरित आफुले अनियमितता गर्ने सञ्चालकलाई नै पक्राउ गर्ने एसएसपी थापाले चेतावनी दिए ।
काठमाडौं प्रहरीले खाने तेलमा कालोबजारी गर्ने के एल दुगडका सञ्चालक किशनलाल दुगड र कम्पनिका उपाध्यक्ष समेत रहेका छोरा नरेश  विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । विहिबार साँझ प्रहरीले गोदाम र दुगडको काठमाडौँको कमलादी स्थित घरमा एकै पटक छापा मारेको भएपनि किशनलाल र उनको छोरा नरेश पारिवारिक कारणले भारत गएकाले उनिहरुलाई पक्राउ गर्न सकेको थिए ।
दुगड कम्पनीका प्रवन्ध निर्देशक अमन जैन र जनसम्पर्क अधिकृत प्रकाश अधिकारीलाई अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको छ । एक सय पन्ध्र रुपैंया प्रतिलिटर पर्ने तेललाई तीन सय साठी रुपैँयाको एमआरपी बनाएर बजारमा पठाउने तयारी गर्दै गर्दा प्रहरीले छापा मारेको थियो ।

Facebook Comments

Related posts

Leave a Comment