संसदको अवरोध हटाउन सभामुखद्वारा छलफल तीव्र

मंसिर, काठमाडौ ।
सभामुख ओनसरी घर्ती मगरले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिसँग छलफल शुरु गरेका छन् । अवरुद्ध सदन खुलाउने विषयमा सभामूख घर्तीले सबै दलसँग छलफल गरेका हुन् ।
मुख्य तीन दल नेकपा एमाले, एकीकृत नेकपा माओवादी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग अवरुद्ध संसद खुलाउने विषयमा छलफल गरेपछि सभामुख अन्सारीले साना दलका प्रतिनिधिसँग पनि छलफल गरेका थिए ।
छलफलका क्रममा प्रमुख प्रतिपक्षी कांग्रेसले मधेस आन्दोलनको विषय गम्भीर भएकाले सदनमा छलफल आवश्यक भएको जनाएको नेता महेश बस्नेतले जानकारी दिए । तराइ मधेसको समस्या समाधान गर्न माग गर्दै कांग्रेसले संसदमा विशेष ध्यानाकर्षण प्रस्ताव दर्ता गराउने तयारी गरेको उनको भनाई छ ।
छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ लगायतका नेता सहभागी थिए । कांग्रेसले संविधान संशोधन र पुननिर्माण प्राधिकरण विधेयक पारित गर्न माग गर्दै आएको छ । मधेसी मोर्चाले कात्तिक २४ गतेदेखि तराइ मधेसमा चलिरहेको आन्दोलन समाधानको माग गर्दै बैठक अवरुद्ध गर्दै आएको छ । ०००

Facebook Comments

Related posts

Leave a Comment