नयाँ संविधान गर्व गर्न लायकको रहेको प्रधानमन्त्री ओलीको दावी

२१ म्ांसिर, काठमाडौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ संविधान गर्व गर्न लायक रहेको भन्दै यसले सवैको हक अधिकारलाई सुनिश्चित गरेको जिकिर गरेका छन् । संविधान अत्यन्त उदार भएकोपनि प्रधानमन्त्री ओलीको दावी छ ।
नया संविधानवारे भ्रम चिर्न सरकारले सोमवारवाट थालनी गरेको जनताको संविधान जनताकै माभmमा अभियानको औपचारिक शुरुवात गर्दै प्रधानमन्त्री ओलीले संविधानवारे अनावश्यक भ्रमहरु फैलाउँदा कतिपय जनताहरुमा अन्योल उत्पन्न भएको बताए ।
कार्यक्रममा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान अत्यन्त अग्रगामी बनेकोले केही मागहरु छन् भने संवादवाटै हल गर्न सकिने वताए ।
यस्तैगरी संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले नया संविधानले मधेसी, जनजाति लगायत सवै समुदायको हक अधिकारलाई सुनिश्चित गरेको तकृ गरेका थिए ।
नया संविधानवारे जनतालाई स्पष्टसंग बुझाउन नसक्दा तराई मधेस लगायतका जनतामा केही अन्योल उत्पन्न भएको भन्दै सरकारले ७५ वटै जिल्लामा संविधानको प्रचारप्रसार गर्ने भएको छ । मंसिर २१ गतेवाट शुरु अभियान पुष २१ गते अन्त्य गर्ने सरकारको कार्यक्रम रहेको छ । ०००

Facebook Comments

Related posts

Leave a Comment