क्यालिफोर्नियाको एक घरमा अन्धाधुन्द गोली प्रहार, १४ जनाको मृत्यु

१७ मंसिर, एजेन्सी ।
क्यालिफोर्नियाको अपाङ व्यक्तिको सहयोगमा काम गरिरहेको एक कार्यालयमा अन्धाधुन्ध गोली प्रहार हुदा १४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
अमेरिकाको क्यालिफोर्नियामा राज्यको सान बर्ना्र्डिनोमा तीन जना बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा १४ जनाको ज्यान गएको हो ।
आक्रमणमा अन्य १४ जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । सैन्य पोशाकमा आएका बन्दुकधारीले अपांगता भएका वयस्कहरुको पक्षमा काम गर्ने इनल्याण्ड सिजनल सेन्टरमा पसेर अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । यो आक्रमण आतंककारी आक्रमण हो कि होइन भन्ने विषयमा अहिले नै केही भन्न नसकिने र घटनाको विषयमा अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् । सान बर्नार्डिनोको स्वास्थ्य विभागमा एक कार्यक्रम भइरहेका बेला आक्रमण भएको हो । आक्रमणपछि घटनास्थलमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । घटनाको बारेमा जानकारी प्राप्त भएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । अन्धाधुन्ध गोली हानेपछि आक्रमणकारी कालो गाडीमा चढेर भागेको प्रहरीले जनाएको उनीहरुको खोजी भइरहेको छ । आक्रमण भएको स्थानमा नजान स्थानीय प्रशासनले नागरिकसँग आग्रह गरेको छ ।०००

Facebook Comments

Related posts

Leave a Comment