लोडसेडिङ बढ्यो, सर्वसाधारण मारमा

१७ मंसिर, काठमाडौ ।
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय बढाएको छ । अबदेखि सातामा ५६ घण्टा बिजुली आउने छैन । इन्धनको अभावमा बिजुलीमा खाना पकाइरहेका सर्वसाधारण लोडसेडिङको अवधि थपिएपछि थप मारमा परेका छन् ।
विद्युत प्रणाली भार अत्याधिक वृद्धि भएको, भूकम्पका कारण क्षति भएका विदुत गृह सञ्चालन हुन नसकेको तथा नदीमा पानीको सतह घटेकाले लोडसेडिङको समय बढाइएको प्राधिकरणले जनाएको छ । नयाँ तालिका अनुसार अब सातामा दुई दिन सात घण्टा, तीन दिन आठ घण्टा र दुई दिन नौ घण्टा बिजुली आउने छैन । हप्ताको पाँच दिन दुई पटक तथा दुई दिन तीन पटक लोडसेडिङ हुनेछ ।
कोलहपुरसहित पश्चिम क्षेत्र र ढल्केवर–अनारमणी क्षेत्रबाट विद्युत आपूर्ति हुने क्षेत्रका लागि लोडसेडिङ तालिका पछि प्रकाशित गरिने प्रधिकरणले जनाएको छ । नयाँ लोडसेडिङ तालिका भोलिदेखि लागु हुने प्राधिकरणले जनाएको छ । ०००

Facebook Comments

Related posts

Leave a Comment