कक्षा १२ को परीक्षाफल प्रकाशित

१७ मंसिर, काठमाडौ ।
उच्चमाध्यमिक शिक्षा परिषदले लिएको कक्षा १२ को मौका परीक्षामा ८४ दशमलव ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षामा सहभागी ३३ हजार दुई सय ११ मध्ये २८ हजार एक सय एक जना उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । गएको वर्ष ८३ दशमलव ७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । कक्षा ११ का सबै विषय उत्तीर्ण भएका तर कक्षा १२ मा एक विषयमा मात्रै अनुत्तीर्ण भएका विद्यार्थीका लागि परिषदले गएको कात्तिक २१ गते मौका परीक्षा सञ्चालन गरेको थियो । ०००

Facebook Comments

सम्बन्धित

Leave a Comment