मधेश आन्दोलनले सवारी दुर्घटनामा वृद्धि

१६ मंसिर, सुनसरी  ।
इन्धन अभाव र बन्दकाकारण सडकमा सवारी साधन गुड्ने क्रम घटेपनि अन्य समयको तुलनामा पछिल्लो चारमहिनामा पूर्वमा सवारी दुर्घटना बढेको छ । मधेसी मोर्चाको बन्दको असर रहेकै जिल्लामा बढी दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक बर्षको पछिल्लो चार महिनामापूर्वमा भएका छ सय छ सवारी दुर्घटनामा एक सय १३ जनाले ज्यान गुमाएका छन् । दुर्घटना विशेष गरी सुनसरी, सिरहा र सप्तरीमा बढी भएका छन् । मधेसी मोर्चाका कार्यकर्ताले ढुंगा प्रहार गर्दा चालकले नियन्त्रण गुमाएर, सो क्षेत्रमा रात्रिकालिनमात्र सवारी साधन सञ्चालनगर्दा सवारीमा हुन सक्ने आक्रमणको त्रास र स्कटींगमा तीव्र गतिमा सवारी चलाउदा बढी दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस्तै मालबाहक सवारी साधनका चालकले मादकपदार्थ सेवन गरेर सवारी चलाएकाकारण पनि दुर्घटना बढेको जनाईएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवनकुमार गिरीले सवारी कम गुडेको अवस्थामापनि अहिले आन्दोलन चलिरहेका क्षेत्रमा बढी दुर्घटना भएको र त्यसका कारण विशेष गरी तनाव, चालकमाथि ढुंगा प्रहार, तीव्र गति र मादकपदार्थ सेवनभएको जानकारी दिए ।
साउनदेखि कात्तिकसम्ममात्र एक सय १३ जनाको ज्यान दुर्घटनाका कारण गएकोमा सबैभन्दा बढी कात्तिकमा ४६ जनाको मृत्यु भएको छ भने चालु मंशिर महिनाको हालसम्म १८ जनाले ज्यान गुमाइ सकेका छन् । यसैबिच, प्रहरीले यो चार महिनाको अवधिमा सर्वाजनिक सवारी साधनका चालकहरुले मापसे गर्नेक्रम बढेको भन्दै ट्राफिकले मापसे नियन्त्रणका लागि सक्रियता बढाएको जनाएको छ । यसैक्रममा मंगलबार राति मालबाहक एक भारतीय सहित १२ वटा ट्रकका चालकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराधको मुद्धा चलाएको छ । देश विषम परिस्थितिमा रहेको र स्वतन्त्र रुपमा ढुवानी समेत हुन नसकीरहेका बेला चालकलाई कारवाही चलाएको भन्दै ट्रक व्यवसायीहरुले भने चालकलाई छुटाउन ट्राफिकलाई दवाव सिर्जना गरिरहेको बताइएको छ । ०००

Facebook Comments

Related posts

Leave a Comment