लमजुङका गुम्वाहरु सुरक्षित,

१६ मंसिर, लमजुङ ।

बैशाख १२ गतेको विनाशकारी भुकम्पबाट लमजुङका विभिन्न स्थानमा रहेका गुम्बाहरु भने सुरक्षित रहेका छन् । जिल्लामा दर्ता भएका ३० वटा गुम्बाहरु भुकम्पबाट पूर्ण रुपमा सुरक्षित रहेका छन् ।
भूकम्पबाट जिल्लाका सबै गुम्वाहरु सुरक्षित रहेको सन्देश दिन आयोजित एक कार्यक्रममा समता गुम्बाका सचिव विरसिंह घलेले भुकम्पले मुलुकभरी धेरैजसो गुम्बामा क्षति पु¥याएपनि लमजुङमा रहेका कुनैपनि गुम्बामा भने असर नगरेको बताए । नेपालमा आउँने धार्मिक पर्यटकहरुमध्ये गुम्बा हेर्नकै लागि आउँने पर्यटकहरुको संख्या पनि उल्लेख रहेको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्वा विकास समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले बताए । भुकम्पले सोलुखुम्वु, दोलखा, गोर्खा, सिन्धुपाल्चोक लगायतका जिल्लामा रहेका गुम्बाहरुमा क्षति पु¥याएको जानकारी दिँदै सरकारले यस्ता धरोहरको पुननिर्माणमा चासो देखाउनुपर्ने बताएका छन् ।

नेपाल सरकार अन्गर्तको गुम्वा विकास समितिमा हालसम्म देशभरीका २ हजार ७ सय ७१ वटा गुम्वा दर्ता भएका छन् । अझै झण्डै ५ हजारभन्दा वढि गुम्वा दर्ता हुन बाँकी रहेको गुरुङको भनाई छ । समितिमा गुम्वा दर्ता भएपछि गुम्वाको संरक्षण, संवद्र्धनमा राज्यले लगानी गर्ने भएकाले समितिमा गुम्वा दर्ता गर्न आवश्यक रहेको गुरुङको तर्क थियो ।
जिल्लाको भोटेओडारस्थित समता गुम्बामा आयोजित कार्यक्रममा विभिन्न ३० गुम्बाका अध्यक्ष तथा लामा गुरुहरुलाई गुम्वा व्यवस्थापन सम्बन्धी तालिम समेत दिइएको थियो । उनीहरुलाई गुम्वा संचालन विधि, आयव्यव व्यवस्थित गर्ने तरिका, वौद्ध दर्शनसम्वन्धी जानकारी, अन्य धर्म, संस्कृतिको पनि सम्मान गर्दै धर्म परम्पराको जगेर्ना गर्ने विषयमा तालिम दिइएको थियो । तालिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, वौद्ध दर्शन प्रवद्र्धन तथ गुम्वा विकास समतिको आयोजनामा संचालन गरिएको हो । ०००

Facebook Comments

Related posts

Leave a Comment